
सांग्रिला डेभलपमेन्ट बैंकले अछामको बयालपाटा अस्पताललाई एक थान ‘अक्सिजन कन्सन्ट्रेटर’ हस्तान्तरण गरेको छ । बयालपाटा अस्पतालमा आयोजित एक कार्यक्रममा बैंकका साँफेबगर शाखा प्रबन्धक अनुपम महराले अस्पतालका निर्देशक डा. मन्दीप पाठकलाई ‘अक्सिजन कन्सन्ट्रेटर’ हस्तान्तरण गरे ।
कार्यक्रममा अस्पतालका निर्देशक डा. पाठकले नि:शुल्क स्वास्थ्य सेवा प्रदान गर्दै आएको बयालपाटा अस्पतालमा बिरामीको उपचारका लागि अक्सिजन व्यवस्थापन गर्न सहज हुने बताए । ५० बेडको उक्त अस्पतालमा दैनिक दुई सयदेखि अढाई सयसम्म बिरामीले उपचार सेवा लिने गरेको निर्देशक डा. पाठकले बताए ।