मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Wednesday, 13 August, 2025
नयाँ पत्रिका काठमाडाैं
Invalid date format o७:४o:oo
Read Time : < 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

खोखोको विश्वकप उपविजेता टोली र फाइटर रवीन्द्र पुरस्कृत

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
Invalid date format o७:४o:oo

काठमाडौं महानगरपालिकाले मंगलबार खोखो विश्वकप प्रतियोगितामा उपविजेता बनेका नेपाली पुरूष र महिला टोलीलाई ११–११ लाख नगद पुरस्कार प्रदान गरेको छ । महानगरले गत साता भारतको नोएडामा भएको म्याट्रिक्स फाइटनाइट (एमएमएन) १७ का च्याम्पियन रवीन्द्र ढाँटलाई पनि नगदसहित सम्मान गर्‍यो । 

महानगर प्रमुख बालेन शाह, उपप्रमुख सुनिता डंगोल, प्रमुख प्रशासकीय अधिकृत र सामाजिक विकास समितिका संयोजकलगायतका व्यक्तित्वको सम्मान कार्यक्रममा उपस्थिति थियो । महानगरअन्तर्गतको सामाजिक विकास समितिले खोखो विश्वकप उपविजेता टोली र रवीन्द्रलाई रकमसहित सम्मानको सिफारिस गरेको हो । महानगरबाट प्राप्त रकमको रकम व्यवस्थापन नेपाल खोखो संघले नै गर्नेछ ।

गत वर्ष भारतको नयाँदिल्लीस्थित इन्दिरा गान्धी इन्डोर रंगशालामा नेपालका पुरुष तथा महिला खोखो टोली विश्वकपको फाइनलमा पुगेका थिए । तर, दुवै टोली भारतीय टोलीबाटै उपाधि भिडन्तमा पराजित भए । खोखोको पुरुष टोली आयोजक भारतसँग ५४–३६ को अन्तरले परजित भएको थियो । भारतीय टोलीले नेपाललाई फाइनलमा ७८–४० को अन्तरले हराएको थियो ।

कुनै पनि टोली खेलको विश्वकपमा नेपालले खेलेको यो नै पहिलो फाइनल थियो । भारतमा इतिहास रचेका ढाँटले महानगरपालिकाको सम्मानले आफूलाई थप हौसला मिलेको बताएका छन् । ‘खेलाडीलाई सम्मान गर्नुभएकोमा धेरै खुसी छु । अब आगामी दिनमा अझ राम्रो प्रदर्शन गर्ने कोसिस गर्नेछु,’ ढाँटले भने, ‘यो सम्मानले हामीलाई अगाडि बढ्न थप प्रेरणा दिन्छ ।’ रवीन्द्र ढाँटले भारतका कोरेनलाई तेस्रो राउन्डमा पराजित गर्दै उपाधि हासिल गरेका थिए । एमएफएनको उपाधि जित्ने बझाङका रवीन्द्र पहिलो नेपाली फाइटर हुन् । उनले आफ्नो व्यावसायिक रेकर्ड ८–१ मा पुर्‍याए ।

महानगरको सामाजिक विकास समितिका संयोजक रामकुमार केसीले राष्ट्रको गौरव अन्तर्राष्ट्रिय क्षेत्रमा बढाउने खेललाई सम्मान गर्दै आइरहेको बताए । ‘महानगरपालिकाले नेपालको तर्फबाट खेल्ने टोलीलाई विगतमा पनि सम्मान गर्दै आएको छ । भविष्यमा पनि निरन्तरता दिनेछ,’ उनले भने ।