मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ श्रावण २५ आइतबार
  • Sunday, 10 August, 2025
गाजा सिटी
२o८२ श्रावण २५ आइतबार ११:३१:oo
Read Time : < 1 मिनेट
विश्व प्रिन्ट संस्करण

गाजामा भोकमरीबाट मृत्यु हुनेकाे संख्या २१२ पुग्याे

Read Time : < 1 मिनेट
गाजा सिटी
नयाँ पत्रिका
२o८२ श्रावण २५ आइतबार ११:३१:oo

गाजामा भोकमरीबाट पछिल्लो २४ घण्टामा थप ११ जनाको मृत्यु भएको छ । यससँगै भोकमरीसँग सम्बन्धित मृत्युको कुल संख्या २१२ पुगेको गाजाको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

प्यालेस्टिनीहरूलाई जबर्जस्ती दक्षिणको एकाग्रता क्षेत्रमा विस्थापित गर्ने योजनाका बाबजुद पनि सहरका धेरै प्यालेस्टिनीले सहर छोड्न अस्वीकार गरिरहेका छन् । संयुक्त राष्ट्र संघ, धेरै युरोपेली देशहरू र चीन गाजा सहरलाई सैन्य रूपमा कब्जा गर्ने इजरायली योजनाको निन्दा गरेका छन् ।

इजरायलले गाजामा गरेको युद्धमा कम्तीमा ६१ हजार ३६९ जनाको मृत्यु भएको छ, एक लाख ५२ हजार ८५० जना घाइते भएका छन् । अक्टोबर ७, २०२३ मा भएको आक्रमणमा इजरायलमा अनुमानित एक हजार १३९ जना मारिएका थिए र २०० भन्दा बढीलाई बन्धक बनाइएको थियो ।