मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ श्रावण २५ आइतबार
  • Sunday, 10 August, 2025
नवीन गुरुङ संखुवासभा
२o८२ श्रावण २५ आइतबार १२:५१:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

हिलेजात्रामा संखुवासभाको खाँदबारी र पाँचखपन नगरपालिकाद्वारा सार्वजनिक बिदा

Read Time : < 1 मिनेट
नवीन गुरुङ, संखुवासभा
नयाँ पत्रिका
२o८२ श्रावण २५ आइतबार १२:५१:oo

नेवार समुदायको सांस्कृतिक पर्व हिलेजात्राको अवसरमा संखुवासभाको खाँदबारी र पाँचखपन नगरपालिकाले सार्वजनिक बिदा दिएका छन् ।

नेवार समुदायको बाहुल्य रहेको खाँदबारी र पाँचखपन नगरपालिकाले विज्ञप्ति जारी गर्दै साउन २६ गते सोमबार हिलेजात्रा (रोपाइँ जात्रा)को अवसरमा नगरवासीलाई सार्वजनिक बिदा दिएको हो । 

खाँदबारी नगरपालिकाका मेयर महेश थपलियाले हिलेजात्रा नेवार समुदायको महत्त्वपूर्ण चाड भएको र वर्षौँ अगाडिदेखि मनाउँदै आउने प्रचलन भएकाले सौहार्दपूर्ण ढंगले मनाउन सार्वजनिक बिदा दिएको बताए ।

परम्परागत रूपमा मनाइने यस्ता अमूर्त सम्पदाको संरक्षण गर्न नगरपालिकाले सहयोग गर्नेसमेत मेयर थपलियाको भनाइ छ। जात्राको अवसरमा सोमबार एक दिन नगरभित्रका सम्पूर्ण कार्यालय र शैक्षिक संस्थाहरू बन्द रहने विज्ञप्तिमार्फत जनाइएको छ । 

त्यसैगरी, पाँचखपन नगरपालिकाले विगतका वर्षहरूमा जस्तै हर्षाेल्लासका साथ जात्रा पर्व मनाउन अनुरोध गर्दै सोमबार एक दिन नगरभित्रका सम्पूर्ण कार्यालयहरू, शैक्षिक संस्थाहरू बन्द रहने प्रमुख प्रशासकीय अधिकृत मणिराम खतिवडाद्वारा जारी विज्ञप्तिमार्फत जनाएको छ । जात्राको अवसरमा स्थानीय सरकारले विगतका वर्षहरूदेखि नै सार्वजनिक बिदा दिँदै आएको छ । 

यस वर्ष जात्राको अवसरमा सदरमुकाम खाँदबारीमा ‘जात्रा महोत्सव’ को आयोजना गरिएको छ । राष्ट्रियस्तर विभिन्न कलाकारहरूको साथमा विशेष सांगीतिक कार्यक्रम, हास्य कलाकारहरूको प्रहसन हुने भएको छ । त्यसैगरी पाँचखपन नगरपालिकाको केन्द्र वानामा पनि राष्ट्रियस्तरका विभिन्न कलाकारहरूको उपस्थिति सांगीतिक कार्यक्रम हुने भएको छ ।