Skip This
साउदीविरुद्ध पाँच खेलाडीलाई मौका, पूर्णिमाको स्थानमा वर्षा खेल्दै
मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ श्रावण २३ शुक्रबार
  • Friday, 08 August, 2025
२o८२ श्रावण २३ शुक्रबार १३:१५:oo
Read Time : < 1 मिनेट
खेलकुद डिजिटल संस्करण

साउदीविरुद्ध पाँच खेलाडीलाई मौका, पूर्णिमाको स्थानमा वर्षा खेल्दै

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८२ श्रावण २३ शुक्रबार १३:१५:oo

एएफसी यू–२० महिला एसिया कप २०२६ छनोट खेलमा आज नेपाल र साउदी अरेबियाबिच प्रतिस्पर्धा हुँदै छ । भुटानको थिम्पुस्थित चाम्लिमिथाङ रंगशालामा प्रशिक्षक यमप्रसाद गुरुङले पहिलो खेलमा भुटानविरुद्ध खेलका खेलाडीबाट चारजना परिवर्तन गरेका छन् । 

उनले स्ट्राइकर पूर्णिमा राईको स्थानमा वर्षा ओलीलाई अवसर दिएका छन्। त्यस्तै, मिडफिल्डर कुसुम खतिवडा, मनीषा सेन र समीक्षा मगर तथा रक्षक सरिताकुमारी नाथलाई अवसर दिएका छन् । यस्तै, पूर्णिमासहित सेनु परियार, माया मास्के, सुक्रिया मियाँ र  सुशीला केसी बाहिर रहेका छन् । 

पहिलो खेलमा नेपाल भुटानसँग १–१ को बराबरीमा रोकिएको थियो । खेल सुरु भएको ३८ सेकेन्डमै गोल गरे पनि नेपाल भुटानसँग अंक बाँड्न बाध्य भयो । यो बराबरीले नेपालको उत्कृष्ट उपविजेता बन्दै एसिया कपमा छनोट हुने अवसर गुमाएको छ । अब, नेपालले अन्तिम खेलमा समूह ‘ए’ कै बलियो टोली उत्तर कोरियासँग खेल्ने तालिका छ ।