Skip This
सर्लाहीको बलरामा मोटरसाइकलको ठक्करबाट महिलाको मृत्यु
मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ श्रावण २३ शुक्रबार
  • Friday, 08 August, 2025
श्रवण थापा सर्लाही
२o८२ श्रावण २३ शुक्रबार १५:o३:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

सर्लाहीको बलरामा मोटरसाइकलको ठक्करबाट महिलाको मृत्यु

Read Time : < 1 मिनेट
श्रवण थापा, सर्लाही
नयाँ पत्रिका
२o८२ श्रावण २३ शुक्रबार १५:o३:oo

सर्लाहीको बलरामा मोटरसाइकलको ठक्करबाट एक महिलाको मृत्यु भएको छ । शुक्रबार बिआर ३० के ४६९४ नम्बरको मोटरसाइकलले बलरा नगरपालिका– ११, वडा कार्यालयनजिकै पैदल हिँडिरहेकी सोही स्थान बस्ने सहिब बैठाकी श्रीमती ५५ वर्षीया चन्दादेवी बैठालाई ठक्कर दिएको थियो । मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते बैठाको उपचारको क्रममा प्रादेशिक अस्पताल मलंगवामा ज्यान गएको हो। 

मोटरसाइकलको ठक्करबाट टाउकोमा गहिरो चोट लागेर गम्भीर घाइते भएकी उनलाई तत्काल बलरास्थित अचलगढ अस्पतालमा पुर्‍याइएको  थियो । त्यहाँ उपचार सम्भव नभएपछि प्रादेशिक अस्पताल मलंगवा पुर्‍याएलगत्तै चिकित्सकले मृत घोषणा गरेका प्रहरीले जनाएको हो । दुर्घटनामा मोटरसाइकलचालक सोही स्थानका ३५ वर्षका जितेन्द्र ठाकुरसमेत घाइते भएका छन् । 

घाइते चालकको प्रादेशिक अस्पताल मलंगवा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका निमित्त प्रवक्ता प्रहरी निरीक्षक बलिष्ठर सिंहले जानकारी दिए । तीव्र गतीमा रहेको उक्त मोटरसाइकलले बाटो काट्दै गरेकी बैठालाई ठक्कर दिएको प्रत्यक्षदर्शीको भनाइ छ । 

यसैबिच, अचलगढ अस्पतालमा रहेको एम्बुलेन्समा इन्धन भरेर नराखेका कारण बिमारीलाई समयमै अर्को अस्पताल लैजान नपाएको पीडित परिवारको गुनासो छ । अस्पतालपरिसरमा रहेको एम्बुलेन्समा जर्किनमा तेल ल्याएर हाल्न समय लागेकाले दुई घण्टा बिमारी अलपत्र अवस्थामा थिए । समयमै बिमारीलाई अन्य अस्पताल लैजान नपाएको भन्दै स्थानीयले आक्रोशसमेत व्यक्त गरेका छन् ।