Skip This
नेपालबाट भुटान जान लागेकी ब्राजिलियन युवती विमानस्थलबाट कोकिनसहित पक्राउ 
मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ श्रावण २३ शुक्रबार
  • Friday, 08 August, 2025
नयाँ पत्रिका काठमाडौं
२o८२ श्रावण २३ शुक्रबार ११:५२:oo
Read Time : < 1 मिनेट
समाचार

नेपालबाट भुटान जान लागेकी ब्राजिलियन युवती विमानस्थलबाट कोकिनसहित पक्राउ 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८२ श्रावण २३ शुक्रबार ११:५२:oo

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका एक केजी ९५० ग्राम कोकिनसहित एक ब्राजिलियन युवती पक्राउ परेकी छिन्। लागुऔषध नियन्त्रण ब्युरोले इमिली मिकेली सन्तोष फेरेइयालाई पक्राउ गरेको हो। नेपालबाट भुटान जान लागेको अवस्थामा प्रस्थान कक्षबाट उनलाई बुधबार पक्राउ गरिएको ब्युरोका सहप्रवक्ता जीवन निरौलाले बताए। 

उनले ब्राभित्र लुकाएर कोकिन तस्करी गर्न खोजेको प्रहरीले जनाएको छ। उनी सोही दिन ब्राजिलबाट कतार हुँदै नेपाल आई भुटान जान लागेकी थिइन्। कोकिनलाई तरल बनाएर उनले तस्करीको प्रयास गरेकी हुन्।