Skip This
बुटवलमा युवाहरूको जनै उद्योग, १५ लाख जनै र पाँच टन रक्षाबन्धन उत्पादन
मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Friday, 08 August, 2025
Invalid date format o९:१९:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

बुटवलमा युवाहरूको जनै उद्योग, १५ लाख जनै र पाँच टन रक्षाबन्धन उत्पादन

जनै बनाउनेको संख्या १२५, घरमै काम गरेर मासिक कमाउछन् १५ हजारसम्म

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
Invalid date format o९:१९:oo

बुटवलमा युवाहरूले स्थापना गरेको जनै उद्योगमा लाखौँ जनैको उत्पादन हुन थालेको छ । नेपालमा वार्षिक करोडौँ जनैको खपत हुने, तर स्वदेशी उत्पादन निकै कम रहेको अवस्थामा बुटवलका ज्योतिष जनार्दन न्यौपानेसहितका युवाहरूले स्थापना गरेको हरि ॐ पूजा सामग्री उद्योगले विदेशी आयात कम गर्न योगदान दिन थालेको छ । यस उद्योगले हाल वार्षिक १५ लाख जनै र पाँच टनभन्दा पनि बढी रक्षा बन्धन उत्पादन गर्न थालेको छ ।

१५ वर्षसम्म साउदीमा बसेका युवा लोकप्रसाद काफ्ले यस उद्योगमा जोडिएका छन् । ज्योतिष न्यौपाने, काफ्ले र सुन्दर भण्डारीसम्मको लगानीमा सुरु गरिएको यस उद्योगले धेरैलाई रोजगारी दिन पनि थालेको छ । ज्योतिष न्यौपानेका अनुसार जनै बनाउनेको संख्या एक सय २५ जना रहेकाे छ । ‘जनै बनाउनका लागि आवश्यक तालिम दिन्छौँ, तालिमपछि सामग्री पनि दिन्छौँ, घरमै बसेर आफ्नो फुर्सदमा बनाएर उहाँहरूले ल्याउनुहुन्छ,’ ज्योतिष न्यौपानेले भने, ‘कपिलवस्तु, सैनामैना, तिलोत्तमालगायतका बासिन्दाले जनै बनाउने गर्नुभएको छ, उहाँहरूले घरमै काम गरेर मासिक १५ हजार रुपैयाँसम्म कमाउनुहुन्छ ।’

शास्त्रीय विधि परम्पराअनुसार पूर्ण सरा र शिखा भएका जनै उत्पादन हुने गरेको न्यौपानेले बताए । ५४ सरासहितका जनै उत्पादन गरेर नेपाल तथा विदेशमा समेत निर्यात गर्न थालिएको उनले बताए । विदेशबाट ल्याइने प्रायजसो जनै शास्त्रीय विधि परम्पराअनुसार पूर्ण सरा र शिखा भएका नहुने गरेकोमा यहाँ शास्त्रीय विधि परम्पराअनुसार पूर्ण सरा र शिखा भएका जनै उत्पादन थालिएको हो ।

सुन्दर भण्डारीका अनुसार बजारीकरण गर्ने क्रममा हाल जनै मेची–महाकालीसम्म नै पुग्ने गरेको छ। यहाँ उत्पादन भएको जनै युरोपदेखि अमेरिकासम्म पनि पुगेको छ । २५ लाख लगानीबाट सुरु गरिएको उद्योगमा हिजोआज काम गर्न भ्याइनभ्याई छ ।

पूजा सामग्रीको कारोबारमा संलग्न रहँदै आएका ज्योतिष न्यौपानेका अनुसार नेपालमा करिब पाँच करोड जनै खपत हुने अनुमान छ, तर स्वदेशमा उत्पादित जम्मा एक करोड रहेको अनुमान छ । ‘धेरै जनै भारतबाट आउने गर्छ, हाम्रो उद्देश्य स्वदेशमै शास्त्रीय विधि परम्पराअनुसारका जनै उत्पादन गर्ने र नेपालमा मात्रै नभएर विदेशमा रहेका नेपाली माझ पनि पुर्‍याउने रहेको छ । यसो गर्दा रोजगारीका अवसर पनि सिर्जना भएकाे छ,’ न्यौपानेले भने ।

रोजगारीका क्रममा १७ वर्ष साउदीमा बिताएका काफ्लेले स्वदेशमै केही गर्नुपर्छ भन्ने मान्यताका साथ युवाहरूसँग मिलेर उद्योग स्थापना गरेको भन्दै उद्योग सञ्चालनमा आएपछि घरघरमा बस्नेहरूलाई पनि सिपसहित रोजगारी दिन सकिएकोमा खुसी व्यक्त गरे । नेपालमै केही गर्नुपर्छ भनेर गुरुहरूसँग जोडिएर काम सुरु गरेको बताउने उनले हाल आफूहरूको उत्पादनको माग बढ्दो रहेको बताए । जनै तथा रक्षा बन्धनको माग जनै पूर्णिमामा बढी हुने गर्छ  । अघिपछि पनि शुभकार्यमा जनैको प्रयोग हुने गर्छ ।