मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Sunday, 03 August, 2025
Invalid date format o८:५३:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

त्रियुगा नदीको तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format o८:५३:oo

त्रियुगा नगरपालिका– १३, पोर्ताहामा चार घर डुबानमा

गएराति परेको भारी वर्षाले उदयपुरको त्रियुगा नगरपालिका–१३, पोर्ताहामा चार घर डुबानमा परेका छन् । जिल्ला प्रशासन कार्यालय उदयपुरका प्रमुख एसपी हरिहरनाथ योगीका अनुसार भुइँघर बनार बसोबास गरेका सदा बस्तीका चार घर डुबानमा परेका हुन् ।

उनले आकाशबाट परेको पानीको निकास नहुँदा चार घर डुबानमा परेको बताए । उनले भने, ‘डुबानमा परेका चारै घरका परिवारकालाई अहिले सुरक्षित ठाउँमा सारिएको छ ।’

त्रियुगा नगरपालिका– १३ का वडाध्यक्ष नवीनकुमार चौधरीले पोर्ताहाका सुरजा सदा, कान्छा सदा, जक्कु सदा र एक नाम नखुलेको घर डुबेको जानकारी दिए । उनले भने, ‘चार परिवारका जम्मा ११ जना विस्थापित भएका छन् । सबै विस्तापितलाई सुरक्षित घरमा राखिएको छ ।’

उदयपुरका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइँटेलले जिल्लामा चार घर मात्र डुबानमा परेका र अन्य स्थानमा कुनै पनि क्षति नभएको जानकारी दिए । उनका अनुसार त्रियुगा नदीमा जलसतह बढेपछि तटीय क्षेत्रको स्थानीयलाई सतर्कता अपनाउन आग्रह गरिएको छ । 

त्रियुगा नदी गाईघाट जलमापन केन्द्रका अनुसार हाल जलसतहले सतर्कता तह पार गरेको र बढ्दो क्रममा रहेकाे छ । त्रियुगा, बरुवालगायतका उदयपुरका स्थानीय खोलानालामा पानीको सतह बढेको  छ ।