१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Saturday, 28 June, 2025
Invalid date format o९:o६:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

सिरहाको बुढयाचाप गाउँमा एक युवक मृत फेला

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format o९:o६:oo

सिरहाको अर्नमा गाउँपालिका-१ बुढियाचाप गाउँमा एक दलित युवकको शव भेटिएको छ । स्थानीय रामसेवक महराका दुई छोरामध्ये कान्छा छोरा करिब ३४ वर्षीय अजय महराको शव शनिबार बिहान ५ बजेतिर घर नजिकै फेला परेको हो ।

जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक वीरेन्द्र कुमार पासवानका अनुसार शव भेटिएको जानकारी पाए लगत्तै जिल्ला प्रहरी कार्यालय र मातहतको इलाका प्रहरी कार्यालय अर्नमाबाट प्रहरी टोली घटनास्थल पुगेर शिल गरी मुचुल्का उठाउने र आवश्यक सोधपुछ थालिएको छ ।

स्थानीय मइम मन्सुरीले खेतमा बाली कुर्न बनाएको बाँसको झुपडी नजिकैको आँपको रुखमुनि खुट्टामा प्लाष्टिकले सामान्य बाँधेको अवस्थामा शव भेटिएको अर्नमा-१ का वडाध्यक्ष गफार मियाँले जानकारी दिए ।

उनी गएराती ९ बजेतिर श्रीमतीलाई भनेर घरबाट निस्किएका थिए । उनको शव भेटिएको ठाउँ नजिकै मदिरा पिएको गिलास पनि भेटिएकाले उनले मदिरा पिएको आशंका गरिएको छ ।

प्रहरीले अहिले मुचुल्का उठाएर आवश्यक कानुनी प्रकृया पूरा गरी शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल सिरहा पठाइने  तयारी गरेकाे छ । शवको पोष्टमार्टम पछि मात्रै उनको मृत्युको कारण खुल्ने प्रहरीको भनाई छ ।