१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ असार ९ सोमबार
  • Monday, 23 June, 2025
दीपक भट्ट रामेछाप
२o८२ असार ९ सोमबार १o:४५:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

बाख्रा चराउन गएकी महिलालाई पहिरोले पुर्‍यो, अवस्था गम्भीर

Read Time : < 1 मिनेट
दीपक भट्ट, रामेछाप
नयाँ पत्रिका
२o८२ असार ९ सोमबार १o:४५:oo

बाख्रा चराउन जंगल गएकी लिखु तामाकोशी गाउँपालिका– २, सैपुकी ५८ वर्षीया लिङमा तामाङ पहिरोमा पुरिएर गम्भीर घाइते भएकी छिन्।

घरनजिकैको जंगलमा हिजो दिउँसो बाख्रा चराउन गएकी तामाङ बसिरहेको स्थानमाथिबाट अकस्मात् पहिरो आई उनलाई बसेको ठाउँमै पुरेको थियो। बाख्रा चराउन गएका अन्य गोठालाहरूले तामाङलाई पहिरोले पुरेको देखेपछि तत्काल घटनास्थलबाट उद्धार गरी स्थानीय अस्पतालमा उपचारका लागि भर्ना गरेका  थिए। 

स्थानीय अस्पतालमा उपचार सम्भव नभएपछि सामान्य उपचारपछि थप उपचारका लागि काठमाडौं रिफर गरिएको छ । घाइते तामाङको ढाड र हातमा गम्भीर चोट लागेको इलाका प्रहरी कार्यालय धोबीडाँडाले जनाएको छ ।