
पूर्व–पश्चिम राजमार्गको नारायणगढ–बुटवल सडकखण्डको वैकल्पिक मार्ग पनि बाढीका कारण अवरुद्ध भएको छ ।
नवलपुरको विनयी त्रिवेणी गाउँपालिका– १, दुम्कीबासको विनयी खोलामा डाइभर्सन बन्द गरेर वैकल्पिक मार्गको रूपमा प्रयोग गरिएको दुम्कीबास–सर्दी–होङ्सी सिमेन्ट गेट पनि बन्द भएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।
सोमबार बिहान वर्षाले विनयी त्रिवेणी गाउँपालिका– ३ स्थित खरङ्गे खोलामा पानीको बहाव बढ्न गाई कुनै पनि प्रकारको सवारीसाधन आवत–जावन गर्न नसक्ने अवस्थामा रहेको प्रहरी नायब उपरीक्षक मधु नेपालले बताए ।
प्रहरी नायब उपरीक्षक नेपालका अनुसार डाइभर्सन बगेपछि होल्डमा रहेका साना तथा मध्यम सवारीसाधनलाई वैकल्पिक मार्ग प्रयोग गरेर कटाइएकोमा बाढीले भित्री सडकखण्ड अवरुद्ध भएपछि होल्डमा रहेका सवारीसाधनलाई सुरक्षित स्थानमा राखिएको छ।