१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ असार ८ आइतबार
  • Sunday, 22 June, 2025
२o८२ असार ८ आइतबार १५:५२:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

सुर्खेतको चौकुनेमा ट्रयाक्टर दुर्घटना, दुईको मृत्यु, नौ घाइते

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८२ असार ८ आइतबार १५:५२:oo

सुर्खेतमा ट्रयाक्टर दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ भने नौजना घाइते भएका छन् । शनिबार राति चौकुने गाउँपालिका– ६, साल्मबाट पञ्चपुरी नगरपालिका आउन लागेको ट्रयाक्टर दुर्घटनामा परेको हो । 

दुर्घटना परी पञ्चपुरी नगरपालिका– ८ का २८ वर्षीय राजु कामी र ३० वर्षीय भवाने कामीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

ट्रयाक्टरमा चालकसहित ११ जना सवार रहेको ट्रयाक्टर दुर्घटनामा परेको, दुईजनाको मृत्यु भएको र तीमध्ये तीनजना गम्भीर घाइतेलाई कर्णाली प्रदेश अस्पताल कालागाउँमा रिफर गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतका प्रमुख प्रहरी निरीक्षक वकिल सुनार बताए । उनले बाँकी ६ जनाको उपचार चौकुने गाउँपालिकाअन्तर्गतको प्राथमिक स्वास्थ्य केन्द्र सालकोटमा उपचार भइरहेको बताए ।
 

छुटाउनुभयो की ?