१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Sunday, 22 June, 2025
रौतामाई गाउँपाकिला–२ का वडाअध्यक्ष होमबहादुर दाहाल
Invalid date format १o:o२:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

उदयपुरमा दुई जनप्रतिनिधिको निधन, दुवै पालिकामा सार्वजनिक बिदा

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १o:o२:oo

उदयपुरमा दुईजना निर्वाचित जनप्रतिनिधिको निधन भएको छ । रौतामाई गाउँपालिका– २ का वडाध्यक्ष ६१ वर्षीय होमबहादुर दाहाल र ताप्ली गाउँपालिका– ३ का वडासदस्य तथा गाउँसभा सदस्य ३७ वर्षीय छविलाल जर्घा मगरको शनिबार निधन भएको हो ।

जनप्रतिनिधिको निधन भएपछि दुवै पालिकाले आज आइतबार सार्वजनिक बिदा दिएका छन् । रौतामाई गाउँपालिका– २ का वडाध्यक्ष दाहालको मुटुरोगका कारण उपचारको क्रममा निधन भएको हो । वडाध्यक्षको निधनमा शोक मनाउन आइतबार पालिकामा सार्वजनिक बिदा दिइएको पालिका अध्यक्ष वीरेन्द्रकुमार मगरले जानकारी दिए । ‘रौतामाई गाउँपालिकाका लागि अपूरणीय क्षति भएको छ । आज शोक बिदा दिएका छौँ,’ उनले भने।

निधन भएका दाहाल नेकपा एमालेबाट स्थानीय तहको निर्वाचन ०७९ मा  निर्वाचित वडाध्यक्ष हुन् । एमाले उदयपुरका उपसचिव हेम खड्काका अनुसार स्वर्गीय दाहाल ०५४ सालमा भुटार गाउँ विकास समितिमा एमालेबाटै निर्वाचित गाविस अध्यक्षसमेत हुन् । स्वर्गीय दाहाल एमाले कोशी प्रदेश कमिटी पूर्वसदस्य र हाल कोशी प्रदेश विभागका सदस्य हुन् ।

०७४ सालमा स्थानीय तहको निर्वाचनमा एमालेबाट रौतामाई गाउँपालिकाको लागि पालिका अध्यक्षको दाबेदारर थिए । तर, उम्मेदवार बन्न पाएनन् । त्यसपछि ०७४ कै आमनिर्वाचनमा एमालेबाटै रौतामाई, लिम्चुङबुङ अनि उदयपुरगढी गाउँपालिका प्रदेशबाट प्रदेश सभा सदस्यको उम्मेदवारका पहिलो आकांक्षीसमेत रहेका एमाले उदयपुरका प्रभावशाली नेता थिए । स्वर्गीय दाहाल ०७९ मा वडाध्यक्षमा निर्वाचित थिए ।

एमाले उदयपुरका उपसचिव खड्का भन्छन्, ‘होमबहादुर दाहालको निधनले एमाले उदयपुरलाई अपूरणीय क्षति पुगेको छ ।’ भुटार स्थायी बसोबास भएका दाहालका एक श्रीमती, दुई छोरा र दुई छोरी रहेका छन् । 

यता, ताप्ली गाउँसभा सदस्य छविलाल जर्घा मगरको घरमै निधन भएको छ । उनी कांग्रेसबाट निर्वाचित वडासदस्य रहेको ताप्ली गाउँपालिका अध्यक्ष ढुंगराव विश्वकर्माले जानकारी दिए । उनले भने, ‘आज ताप्ली गाउँपालिकामा पनि सार्वजनिक बिदा दिइएको छ ।’


 

छुटाउनुभयो की ?