१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ जेठ ३० शुक्रबार
  • Saturday, 14 June, 2025
तस्बिर : दिपेन्द्र ढुंगाना/नयाँ पत्रिका
नयाँ पत्रिका काठमाडौं
२o८२ जेठ ३० शुक्रबार १८:१८:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

प्रतिनिधिसभाको अर्को बैठक आइतबार बस्ने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८२ जेठ ३० शुक्रबार १८:१८:oo

प्रतिनिधिसभाको बैठक असार १ गते आइतबार बिहान ११ बजेसम्मका लागि स्थगित भएको छ। विपक्षी दलहरू रास्वपा र राप्रपाको विरोधबिच अघि बढेको आजको बैठकमा गृहमन्त्री रमेश लेखकले आफूमाथि उठेका प्रश्नको जवाफ दिए।

जवाफ दिने क्रममा गृहमन्त्री लेखकले आफूविरुद्ध नियोजित तरिकाले राजनीतिक आक्रमणको प्रयास भएको बताए। १८ वर्षअघि आफू श्रममन्त्री हुँदा बनाएको ऐनमा अहिलेसम्म वैदेशिक रोजगारी चलेको बताउँदै उनले आफूले गरेका कामको विषयमा अध्ययन गर्न विपक्षी दलका सांसदहरूलाई सुझाव दिए।

भिजिट भिसा प्रकरणबारे प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्र र सत्तापक्षबिच सहमति भए पनि रास्वपा र राप्रपा आफ्नो अडानबाट पछि हटेनन्। विरोधबिच सभामुख देवराज घिमिरेले बैठक अघि बढाएपछि बैठक अवधिभर दुई विपक्षी दलका सांसदहरूले टेबुल ठटाएर विरोध गरेका थिए।