
नेपाल ओलम्पिक कमिटी (एनओसी)का अध्यक्ष जीवनराम श्रेष्ठले १२औँ इन्टरनेसनल एथलेट्स फोरममा सहभागी हुने ओलम्पिक धाविका सन्तोषी श्रेष्ठलाई आइतबार विदाइ गरेका छन्।
सो एथलेट्स फोरम आगामी बुधबार र बिहीबार स्विट्जरल्यान्डको लुजेन सहरमा आयोजना हुँदै छ। बिदाइ कार्यक्रममा एनओसीका उपाध्यक्ष अशोक बज्राचार्य, सचिव रामकृष्ण श्रेष्ठ बोस र कार्यकारी सचिव सुजनलाल श्रेष्ठको उपस्थिति थियो।