१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Sunday, 08 June, 2025
तस्बिर : क्यान
नयाँ पत्रिका काठमाडौं
Invalid date format १९:२६:oo
Read Time : < 1 मिनेट
खेलकुद डिजिटल संस्करण

स्कटल्यान्डले नेपाललाई दियो ३२४ रनको विशाल लक्ष्य

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १९:२६:oo

आइसिसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय शृंखलाको आफ्नो तेस्रो खेलमा घरेलु टोली स्कटल्यान्डले नेपाललाई ३२४ रनको विशाल लक्ष्य दिएको छ।

डुन्डेस्थित फोर्टहिल क्रिकेट मैदानमा स्कटल्यान्डका कप्तान रिची बेरिङ्टनले टस जितेर ब्याटिङ गर्ने निर्णय लिएका थिए। निर्धारित ५० ओभरमा ६ विकेट गुमाउँदै स्कटल्यान्डले ३२३ रन बनायो।

तेस्रो विकेटका लागि चार्ली टियर र कप्तान रिची बरिंघटनले ९४ रनको साझेदारी गरेपछि स्कटल्यान्डले बलियो स्कोर बनाउन सक्यो। यस्तै, पाँचौँ विकेटको लागि रिचीले माइकल लेक्ससँग १२५ रनको सानदार साझेदारी गरेपछि स्कटल्यान्डले विशाल लक्ष्य दिएको हो।

चौथो नम्बर क्रिजमा आएका रिचीले सतक बनाए। ११४ बलमा १०२ रन बनाएका उनलाई आसिफ शेखले रन आउट गराए। माइकलले ९६ रन बनाउँदा टियरले ६८ रनको योगदान गरे।

नेपालका करण केसी र दीपेन्द्रसिंह ऐरीले समान दुई विकेट हात पारे। ललित राजवंशले एक विकेट लिँदा सोमपाल कामी, सन्दीप लामिछाने र आरिफ शेख विकेटविहीन भए।

नेपाल लगातार तेस्रो जितको लक्ष्यमा छ। यसअघि नेपालले स्कटल्यान्डलाई एक र नेदरल्यान्ड्सलाई पाँच विकेटले पराजित गरेको थियो।