
प्रधानमन्त्री केपी ओलीले कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानको निरीक्षण गरेका छन्। प्रधानमन्त्रीसँगै उपप्रधानमन्त्री प्रकाशमान सिंह, सहरी विकास मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देललगायतले हालसम्मको कार्य प्रगतिबारे जानकारी लिएका हुन्।
ओलीले प्रधानमन्त्री भएपछि गत असार ३१ गते मन्त्रिपरिषद्को पहिलो बैठकबाट तीन सय दिनभित्र सुविधासम्पन्न संरचना बनाउने निर्णय गराएका थिए। १० हजार सिट क्षमताको प्यारापिट र ६ वटा फ्लडलाइट जडान गर्ने कार्य तोकिएको समयमा पूरा नभएपछि दुई महिना म्याद थपेर काम भइरहेको छ।
प्रधानमन्त्री ओलीले गत वैशाख २२ गते सिंहदरबारमा डाकेर सम्बन्धित अधिकारी र व्यवसायीसँग कार्यप्रगतिबारे छलफल गरी आगामी दुई महिनाभित्र काम सक्न निर्देशन दिएका थिए। प्यारापिट र फ्लडलाइट जडान कार्यका लागि फरक फरक ठेकेदार कम्पनीसँग क्रमशः गत पुस १९ र २२ गते सम्झौता भएको थियो।
हेर्नुस् तस्बिरहरू: