१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ जेठ २४ शनिबार
  • Saturday, 07 June, 2025
प्रदेश ब्युरो नयाँ पत्रिका
२o८२ जेठ २४ शनिबार १२:o४:oo
Read Time : > 3 मिनेट
अर्थ प्रिन्ट संस्करण

प्रदेशका नीति–कार्यक्रममा ‘लोकरिझ्याइँ नारा’

Read Time : > 3 मिनेट
प्रदेश ब्युरो नयाँ पत्रिका
नयाँ पत्रिका नयाँ पत्रिका
२o८२ जेठ २४ शनिबार १२:o४:oo
  • संघीय बजेट र नीति–कार्यक्रममा प्रधानमन्त्री र राष्ट्रपतिसँग जोडिएका परियोजनालाई नयाँ नाम दिइएको छ तर सातै प्रदेशका नीति–कार्यक्रममा महत्वाकांक्षी नारा राखेर जनमत बटुल्ने प्रयास गरिएको छ  

मधेश प्रदेश सभामा आगामी आर्थिक वर्ष ०८२/८३ को नीति–कार्यक्रम शुक्रबार प्रस्तुत भएसँगै सातै प्रदेशले ल्याउने बजेटको फ्रेमवर्कबारे प्रस्ट भइसकको छ । नीति कार्यक्रममा लोकरिझ्याइँ नारा राख्न सबै प्रदेशले एक–अर्कासँग प्रतिस्पर्धा गरेका छन् ।

शुक्रबार मधेश प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले प्रदेश सभामा पेस गरेको नीति–कार्यक्रममा कम्तीमा तीन दर्जन नारा समेटिएको छ । कोशीमा प्रदेश प्रमुख पर्शुराम खापुङले पेस गरेको नीति–कार्यक्रममा मुख्यमन्त्रीसँग जोडेरसमेत नारा राखिएको छ ।

१४ जेठमा बागमतीका प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले प्रस्तुत गरेको नीति–कार्यक्रममा पनि प्रशस्त नारा राखिएका छन् । ‘समृद्ध बागमती प्रदेश, सुखी प्रदेशवासी’ मूल नारा राखेर सार्वजनिक गरिएको नीति–कार्यक्रममा सबै क्षेत्रलाई समेटेर विभिन्न ‘स्लोगान’ दिइएको छ ।

२१ जेठमा गण्डकीमा र ५ जेठमा लुम्बिनीका प्रदेश प्रमुख कृष्णबहादुर घर्तीमगरले पेस गरेको नीति–कार्यक्रममा कृषि उत्पादनलाई महत्व दिइएको छ । नजिर मियाँले १६ जेठमा सुदूरपश्चिममा र २१ जेठमा कर्णालीमा नीति–कार्यक्रम पेस गरेका थिए । सो नीति कार्यक्रममा सामाजिक, आर्थिक, भौतिक र मानवीय विकाससहितको समाजवादउन्मुख प्रणाली : सुशासन, सामाजिक न्याय र समृद्धियुक्त कर्णाली नारा समेटिएको छ । 

कोशी : स्वच्छ, सुखी र समुन्नत प्रदेश

  • म अघि बढ्छु  
  • मेरो स्वास्थ्य, मेरो जिम्मेवारी  
  • खोज र खोप  
  • एक घर, एक धारा  
  • पदमार्गमा आधारित पर्यटन विकास  
  • कृषक सबैभन्दा अगाडि 

मधेश : सुखी मधेशी

मुख्य नारा : आत्मनिर्भर र सुखी 

  • उत्पादन मधेशमा, विस्तार देशमा
  • मधेशको सान, स्थानीय मखान
  • आँपको बगैँचा, मधेशको समृद्धि
  • बेटी जिन्दावाद
  • खेली मधेश : जिती मधेश 
  • घुमौँ मधेश, बुझौँ मधेश
  • चुरे जोगाऔँ, मधेश बचाऔँ
  • श्रमिकलाई सवारी, घरघरमा रोजगारी
  • मेरो स्वास्थ्य : मेरो जिम्मेवारी
  • उद्यमशील महिला, समृद्ध मधेश
  • किसानको बारी : स्वयंसेवकको छहारी
  • हमर राजधानी, हमर सान : सौन्दर्यीकरण बनाऊ
  • मुख्यमन्त्री बेटी पढाऔँ, बेटी बचाऔँ

बागमतीमा समेटिएका छन् तीन दर्जनभन्दा बढी नारा 

मुख्य नारा : समृद्ध बागमती प्रदेश, सुखी प्रदेशवासी

  • सडक र पुल : विकासको मूल  
  • गुणस्तरीय पूर्वाधार : दिगो विकासको आधार  
  • एकीकृत बस्ती, समृद्ध सहरको नीति  
  • एक वडा एक कृषि उत्पादन  
  • किसानको हात, सरकारको साथ  
  • कृषि रूपान्तरणको आधार : प्रविधि र पूर्वाधार  
  • संरक्षित जलाधार, समुन्नतिको आधार  
  • सबैतिर वन, स्वस्थ जीवन  
  • सबै नीतिमा स्वास्थ्य नीति  
  • एक जिल्ला, एक स्वस्थ सहर  
  • मेरो स्वास्थ्य, मेरो जिम्मेवारी : एक घण्टा, मेरो लागि
  • एक स्वास्थ्य सेवा, एक ग्रामीण अल्ट्रासाउन्ड  
  • स्वास्थ्य तथा अनुशासनका लागि खेलकुद  
  • युवाको सर्वांगीण विकास, राष्ट्र निर्माणको आधार  
  • एक निर्वाचन क्षेत्र, एक बहुउद्देश्यीय खेलमैदान  
  • एक घर, एक धारा  
  • पहाडका गरा : सधैँ हराभरा  
  • खाद्य सुरक्षाका लागि उत्पादन, उत्पादनका लागि सिँचाइ  
  • गुणस्तरीय शिक्षा : सबैको इच्छा
  • राेजगारीका लागि सिप : भविष्य सुनिश्चित  
  • आत्मनिर्भरताका लागि महिला सशक्तीकरण  
  • जहाँ उत्पादन, त्यहाँ रोजगारी

गण्डकी : आत्मनिर्भर र समुन्नत प्रदेश : सुखी प्रदेशवासी

  • एक सामुदायिक वन : एक पोखरी  
  • पोखरा जाऔँ, प्रकृतिक र संस्कृतिसँग रमाऔँ  
  • राउन्ड फेवा, भ्यु फेवा
  • पहिले घरदेश, अनि परदेश  
  • उद्यमी बनाैँ, स्वदेशमा के ही गरौँ  
  • सिक्दै कमाउँदै : कमाउँदै रमाउँदै  
  • मेरो प्रदेश मेरो दायित्व  
  • एक घर, एक धारा  
  • उज्यालो गण्डकी प्रदेश  
  • मुख्यमन्त्री नवप्रवर्द्धन साझेदारी,  
  • स्वतन्त्र प्रेस : समुन्नत गण्डकी प्रदेश  
  • मुख्यमन्त्री सार्वजनिक सुशासन फेलोसिप कार्यक्रम

लुम्बिनी : कृषिमा उत्पादकत्व वृद्धि : प्रदेशको समृद्धि

  • घरदैलोमा प्राविधिक सेवा, व्यावसायिक कृषिजन्य उत्पादनमा टेवा  
  • स्वदेशी उत्पादनको उपयोग, समृद्ध प्रदेश निर्माणमा सहयोग  
  • नागरिकको योगदान : महिनाको एक दिन श्रमदान  
  • मोबाइल हातमा : यातायातको सेवा साथमा  
  • कृषकका गरा : सधैँ हराभरा  
  • स्वच्छ प्रदेश : स्वास्थ्य प्रदेश  
  • एक घर, एक धारा  
  • हरियालीसहितका सडक पूर्वाधार, सहरी सुन्दरताको आधार  
  • मेरो विद्यालय, मेरो दायित्व  
  • लुम्बिनीका महिला, उद्यमशीलतामा पहिला  
  • मानसिक स्वास्थ्यमा सुधार : स्वस्थ नागरिक लुम्बिनीको आधार  
  • मेरो स्वास्थ्य : मेरो जिम्मेवारी 

कर्णाली : समृद्ध कर्णाली : सुखी कर्णालीवासी

  • दिगो वन : समृद्धि जीवन एक गाउँ, एक व्यावसायिक फलफूल बगैँचा  
  • स्वास्थ्य माटो, स्वस्थ्य बाली, स्वस्थ जीवन  
  • व्यावसायिक र आत्मनिर्भर कृषिको आधार, कृषि स्रोत केन्द्रको विकास र विस्तार  
  • हप्ताको तीन बार, जाऔँ हाटबजार  
  • बसोवास गाउँमा, भविष्य आफ्नै ठाउँमा  
  • कर्णालीको जडीबुटी, प्रदेशको ढुकुटीसंसारको गन्तव्य नेपाल : नेपालको गन्तव्य कर्णाली  
  • हप्तामा एक दिन, किताबरहित शुक्रबार  
  • हामी सुधार्छौँ, हाम्रो विद्यालय  
  • मेरो स्वास्थ्य, मेरो कर्तव्य  
  • एक घर, एक धारा
  • सेवाग्राहीमा लाइनमा होइन, अनलाइनमा  
  • सुरक्षित कार्य वातावरण, सार्वजनिक सेवामा समर्पण  
  • मुख्यमन्त्री नीति संवाद कार्यक्रम

सुदूरपश्चिम : गरौँ उत्पादन, राखौँ पहिचान

  • मुख्यमन्त्री गरिबी निवारण तथा लघु उद्यम कार्यक्रम  
  • एक जिल्ला, एक उद्योग  
  • एक स्थानीय तह : दुई उत्पादन  
  • कृषकलाई टेवा : घरदैलोमा प्राविधिक सेवा  
  • अर्गानिक स्थानीय तह घोषणा  
  • एक जिल्ला, एक कृषिजन्य उद्योग  
  • सामुदायिक वन, प्रदेशको धन  
  • मुख्यमन्त्री स्वास्थ्य सुधार तथा पोषण सुरक्षा कार्यक्रम  
  • स्वास्थ्यमा प्रविधि : समृद्धिमा गति  
  • सबै आमाको हक : सुरक्षित गर्भ–सुरक्षित जीवन  
  • सानै छु म, बढ्न देऊ : बालविवाह होइन, पढ्न देऊ