
मुस्लिम धर्मालम्वीहरुको दोस्रो महान् पर्व बकर इद (उल अजहा) आज देशभर मनाइँदैछ । बिहानैदेखि मस्जिद पुगेर यो पर्वलाई शुभकामना आदानप्रदान गर्दै मनाउन सुरु गरेको छ ।
बिहानै स्नान गरी नजिकैको मस्जिद गई सामूहिक नमाज पढ्छन्। नमाज पढिसकेपछि एकापसमा शुभकामना आदानप्रदान गर्दै यो पर्व मनाउने गरिन्छ । यस अवसरमा काठमाडौंको घण्टाघरस्थित जामे र काश्मिरी मस्जिदमा मुस्लिम धर्मावलम्बीको भीड लाग्ने गरेको छ ।