१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Thursday, 05 June, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format ११:४८:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

क्यानडामा मनाइयो सगरमाथा दिवस

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format ११:४८:oo

क्यानडामा सगरमाथा दिवस मनाइएको छ । अल्बर्टा नेपाल च्याम्बर अफ कमर्सको मुख्य संयोजकत्व, क्यालगरीस्थित नेपाली सामुदायिक संस्था एनसिएससी एवं गैरआवासीय नेपाली संघ क्यानडासँगको सहकार्यमा मे २८ मा कार्यक्रम गरी सगरमाथा दिवस मनाइएको हो ।

कार्यक्रमको अध्यक्षता च्याम्बरका अध्यक्ष समीर पाण्डेले गरेका थिए भने मुख्य अतिथि डेभ रोड्नी तथा मिङ्मा तेन्जिङ शेर्पा थिए । कार्यक्रममा रोड्नीले आफू सगरमाथा आरोहण गर्दाको अनुभव साझा गरेकी थिइन् । 

क्यानडाका लागि नेपाली राजदूत भरतराज पौडेल, नेपाल टुरिजम बोर्डका तर्फबाट लक्ष्मण गौतम, ट्रेकिङ एजेन्सी अफ नेपाल (टान)का तर्फबाट रामचन्द्र सेढार्इं तथा त्रिभुवन विश्वविद्यालय पर्यटन तथा आतिथ्य सत्कार विभागबाट डा. पशुपति नेउपानेले पठाएको सन्देश भिडियोमार्फत प्रस्तुत गरिएको थियो । नेपालस्थित यी तीनै संस्था तथा निकाय र अल्बर्टा नेपाल च्याम्बर अफ कमर्सबिच सहकार्यका लागि सम्झौता भइसकेको छ ।