१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Saturday, 10 May, 2025
Invalid date format o५:५३:oo
Read Time : > 2 मिनेट
स्वास्थ्य र जीवनशैली प्रिन्ट संस्करण

वैशाख २७ देखि जेठ २ गते सम्मको साप्ताहिक राशिफल

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
Invalid date format o५:५३:oo

ज्योतिष तथा वास्तुविद् सुरेशचन्द्र रिजालले तयार पारेको वैशाख २७ गते शनिबारदेखि जेठ २ गते शुक्रबारसम्मको साप्ताहिक राशिफल पढ्नुहोस् 

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) : मिहिनेत गर्दा नाम, दाम र इनाम प्राप्त हुने समय छ । विभिन्न क्षेत्रबाट फाइदा उठाउन सकिनेछ । तर, समयमा होसियार नहुँदा आफ्नो लाभांश बाहिरिन सक्छ । प्रयत्न गर्दा लामो यात्राको प्रक्रिया अघि बढ्न सक्छ । सप्ताहान्तमा विभिन्न अवसर आए पनि स्वास्थ्यमा ध्यान पुर्‍याउनुहोला । भेटघाटले खर्च बढाए पनि मिहिनेतको प्रतिफल प्राप्त हुनेछ ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) : आफ्नै कमजोरीले चिताएको काम बिग्रन सक्छ । मन मिल्ने साथी भेटिए पनि सम्बन्ध बिग्रन सक्छ । काम रोकिनाले मन खिन्न रहला । आर्थिक पक्ष पनि कमजोर बन्ने देखिन्छ । अप्ठ्यारा कामको बोझ थपिने सम्भावना छ । बिहीबारपछि स्थितिमा सुधार आउनेछ भने सप्ताहान्तमा अवसरले उत्साह जगाउनेछ । सामान्य कामबाट राम्रो लाभ उठाउन सकिनेछ । 

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) : अनावश्यक प्रतिस्पर्धामा पनि केही समय बित्नेछ । तापनि, विभिन्न अवसर प्राप्त हुनेछन् भने रमाइलो यात्रा गर्ने अवसर जुट्न सक्छ । मिहिनेत गर्दा जीवनशैलीमा परिवर्तन ल्याउन सकिनेछ । व्यवसायमा प्रतिस्पर्धी पछि पर्नेछन् । मन मिल्ने साथी भेटिनाले हर्ष बढ्नेछ । सप्ताहान्तमा बेसुरमा हौसिनाले हानि होला । उपहारका नाममा फजुल खर्चबाट सजग रहनुहोला ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) : चिताएको फल प्राप्त गर्न निकै संघर्ष गर्नुपर्ला । केही घरेलु कामकाज स्थगित हुनेछन् भने व्यवहारमा आफ्नैले अप्ठ्यारो पार्न सक्छन् । कामको अवसर प्राप्त भए पनि श्रमको उचित मूल्यांकन नहुनाले लाभ कम हुनेछ । काममा उत्साहपूर्वक जुट्न नसकिएला । पछिसम्म फाइदा हुने काममा लगानी गर्ने अवसर प्राप्त भए पनि तत्काललाई खर्चको मात्रा बढ्ने समय छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) : हिम्मत गर्दा प्रतिस्पर्धामा विजयी भइनेछ । लामो तथा रमाइलो यात्राको प्रक्रिया अघि बढ्नेछ । भौतिक साधन जुट्नुका साथै दिगो फाइदा हुने काम प्रारम्भ होला । अवसरले जीवनशैलीमा परिवर्तन ल्याउनेछ । अतिथिका रूपमा मानसम्मान प्राप्त हुनेछ । सद्विचारले अभिप्रेरित हुनेहरूलाई भने फाइदै हुनेछ । सप्ताहान्तमा स्थितिमा सुधार आउनाले फाइदा हुनेछ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) : प्रारम्भमा अप्ठ्यारो परिस्थितिको सामना गर्नुपर्ला । ईष्र्या गर्नेहरूले सताउन सक्छन् । काम बिग्रने डरले सताउला । स्वास्थ्यमा पनि सजग रहनुहोला । बिहीबारदेखि स्थितिमा सुधार आउनाले रोकिएका काम बन्नुका साथै उत्साहित भइनेछ । लगनशीलताले गुमेको स्थान दिलाउला । परिवेश रमाइलो देखिए पनि अवसरका लागि दौडधुप गर्नुपर्ला ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) : घरेलु समस्यामा अलि सावधान रहनुहोला । शुभचिन्तकहरूलाई बेवास्ता गर्दा पनि अलि दुःख पाइनेछ । बलभन्दा बुद्धिको उपयोगले काम लिने प्रयत्न गर्नुहोला । विभिन्न अवसर प्राप्त होलान् । आँटले भविष्यका चुनौती पन्छाउन सफल भइनेछ । दीर्घकालीन योजना भने गोप्य राख्नुहोला । मिहिनेतले राम्रै प्रतिफल दिलाउनेछ । यात्राले खर्च बढाउन सक्छ । 

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) : प्रयत्न गर्दा ठुलै उपलब्धि हातलागी हुनेछ । शुभचिन्तकहरू जुट्नाले चिताएका काम सजिलै बन्नेछन् । बिहीबार र शुक्रबार घरायसी समस्याले अल्झाउन सक्छ । कामका लागि साइनो गाँस्नेहरूबाट सतर्क रहनुहोला । समयमा जुट्न नसक्दा चिताएका काममा पनि बाधा पर्नेछ । सप्ताहान्तमा परिस्थिति अनुकूल बन्नेछ । सामाजिक कार्यले सम्मानित स्थान दिलाउन सक्छ । 

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) : बोलीको प्रभावले फाइदा दिलाउन सक्छ । मिहिनेतपूर्वक काम गर्दा चिताएको फल प्राप्त हुनेछ । शत्रु र प्रतिस्पर्धीहरू पछि परे पनि ईष्र्यालु आफन्तले काम बिगार्न सक्छन् । तापनि, बुद्धिको उपयोगले प्रतिद्वन्द्वीहरूलाई वशमा ल्याउन सकिनेछ । पहिले टाढिएका आफन्तहरू पनि नजिकिनेछन् । घरमा बसेरै विभिन्न काम सम्पादन गर्न सकिनेछ । 

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) : हिम्मत गर्दा जटिल कामसमेत सजिलै सम्पादन हुनेछ । लगनशीलताले प्रतिष्ठित काम गर्ने मौका दिलाउनेछ । काममा अभिप्रेरित गर्नेहरू प्रशस्तै भेटिनेछन् । रमाइलो जमघटका बिच स्वादिष्ट खानपानको आनन्द प्राप्त हुनेछ । बोलीको भरमा चिताएको काम बन्न सक्छ । मानसम्मानसमेत प्राप्त हुनेछ । बुधबारपछि प्रतिस्पर्धीहरूले दुःख दिन सक्छन् ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) : प्रारम्भमा खर्च बढ्नाले अर्थ अभाव देखा पर्न सक्छ । वेलामा होस नपुर्‍याउँदा अप्ठ्यारा चुनौती आउन सक्छन् । शुक्रबारदेखि स्थितिमा सुधार आउनुका साथै नयाँ काममा हात हाल्ने अवसर प्राप्त हुनेछ । भोजभतेरको निम्तो पनि आउन सक्छ । सुन्दर पहिरनले व्यक्तित्व निखार्नेछ भने बोलीको माध्यमले धेरैलाई मन्त्रमुग्ध बनाउन सकिनेछ । 

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) : प्रारम्भमा मनग्ये आम्दानी हुनेछ भने चिताएको काम सजिलै सम्पादन गर्न सकिनेछ । सोमबार र शनिबार खर्चको मात्रा बढ्नेछ भने एउटै कामलाई दोहोर्‍याएर प्रयत्न गर्नुपर्ला । तापनि आँटेको काम बिस्तारै सम्पादन हुनेछ । आइतबारदेखि विभिन्न अवसर जुट्नुका साथै मनमा आनन्द मिल्नेछ । पारिवारिक भेटघाटका बिच स्वादिष्ट भोजनमा मन रमाउनेछ ।