१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Saturday, 10 May, 2025
फाइल तस्बिर
नयाँ पत्रिका काठमाडाैं
Invalid date format १४:२२:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

‘सत्तासाझेदार दुवै नेता गभर्नरमा कार्यकर्ता नियुक्त गरेर वित्तीय क्षेत्र कब्जा गर्न चाहन्छन्’ [भिडियाेसहित]

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
Invalid date format १४:२२:oo

सांसद डा. अमरेशकुमार सिंहले सत्तासाझेदार दुवै शीर्ष नेता गभर्नरमा आफ्नो दलको कार्यकर्ता नियुक्त गरेर वित्तीय क्षेत्र कब्जा गर्न चाहेका आरोप लगाएका छन्।

शुक्रबार प्रतिनिधिसभा बैठकमा सांसद सिंहले एमाले–कांग्रेसको झगडाले गभर्नर नियुक्ति नभएको भन्दै यसले समग्र अर्थतन्त्रलाई असर गरेको बताए।

‘दुई दलको भागबन्डाको झगडाले अहिलेसम्म (गभर्नर  नियुक्ति) भएन। त्यसको आर्थिक इम्प्याक्ट कति पर्छ बैंकहरू र पूरा फाइनान्सियल सिस्टममा सरकारलाई मतलब छैन । मतलब यति मात्र छ कि म आफ्नो कार्यकर्ता राखौँ र फाइनान्सियल सेक्टर कब्जा गरौँ,’ उनले भने।

यो कार्यकर्ताहरूको मात्र  नभई नेपाली जनताको पनि देश हो भन्दै उनले यसमा सत्तासाझेदार दुवै शीर्ष नेता दोषी रहेको प्रस्ट्याए। उनले भने, ‘मलाई लाग्छ दुवैजना सहमत छन् कि देशलाई ध्वस्त पारौँ, हामी दुईजना राजाजस्तै अगाडि गाडी लिएर घुमौँ।’