१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Tuesday, 06 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format ११:२८:oo
Read Time : < 1 मिनेट
समाचार

जानकीजयन्तीमा बिदा दिन सांसद झाको माग 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format ११:२८:oo

जानकी नवमी (सीताजयन्ती)मा सरकारले विभेद गरेको विषय संसदमा उठेको छ।  राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनीष झाले मंगलबारको संसद् बैठकमा बोल्दै उनले जानकीजयन्तीमा बिदा दिन माग गरेका छन्। 

नेपालमै जन्मिएकी सीताको जन्मजयन्तीको अवसरमा जानकीजयन्ती मनाइन्छ । राम दिवसमा बिदा दिने, तर जानकीजयन्तीमा बिदा नदिनु विभेद भएको सांसद झाको भनाइ छ।

सांसद प्रभु साहले पनि यस विषयमा ध्यानाकर्षण गराएका छन्। मंगलबार जानकीजयन्ती भए पनि सरकारले कुनै पनि गतिविधि नगरेर विभेद गरेको उनको भनाइ छ।