१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ बैशाख २३ मंगलबार
  • Tuesday, 06 May, 2025
रासस काठमाडौं
२o८२ बैशाख २३ मंगलबार १८:३२:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

प्रधानमन्त्रीसँग एसियाली भुक्तानी नेटवर्कका प्रतिनिधिको भेट

Read Time : < 1 मिनेट
रासस, काठमाडौं
नयाँ पत्रिका
२o८२ बैशाख २३ मंगलबार १८:३२:oo

प्रधानमन्त्री केपी ओलीसँग एसियाली भुक्तानी नेटवर्क (एपिएन)को २१औँ फोरमका सहभागीले आज मंगलबार भेट गरेका छन्।

फोनपेद्वारा आयोजित सम्मेलनमा सहभागी नेपालसहित १३ देशका १४ प्रतिनिधिसँग प्रधानमन्त्रीनिवास बालुवाटारमा भेटेर सीमापार रिटेल भुक्तानी प्रणाली र डिजिटल वित्तमा क्षेत्रीय सहकार्यको सुदृढीकरणबारे विचार–विमर्श गरेका हुन्।

सो अवसरमा प्रधानमन्त्री ओलीले सूचना र प्रविधिको समयमा एपिएन र फोनपेको समग्र क्षेत्रीय वित्तीय एकता र समन्वयका लागि गरेको योगदानको प्रशंसा गर्दै नेपालको डिजिटल भुक्तानी प्रणालीको विकास र सुधारको महत्त्वलाई जोड दिन आग्रह गरे।