१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ बैशाख २१ आइतबार
  • Sunday, 04 May, 2025
२o८२ बैशाख २१ आइतबार ११:१२:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

भरतपुरका चार सय युवालाई सीपमूलक तालिम सुरु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८२ बैशाख २१ आइतबार ११:१२:oo

भरतपुरका युवालाई लक्षित गरी सीपमूलक तालिम सञ्चालनमा आएको छ । भरतपुर महागनर प्रमुख रेनु दाहालले उद्घाटन गरेको तालिममा १८ देखि ४० वर्षमुनिका चार सयजना युवालाई विभिन्न १० प्रकारका तालिम दिन लागिएको हो । तालिमको उद्घाटन गर्दै नगरप्रमुख दाहालले भरतपुरमा भौतिक पूर्वाधारको विकासमा मात्र नभई रोजगारी सिर्जना गर्नेतर्फ केन्द्रित रहेको बताइन् ।

महानगरपालिकाले विगत वर्षमा पनि वडागत रूपमा चार हजारभन्दा बढीलाई तालिम प्रदान गरेको दाहालको भनाइ छ । सीपमूलक तालिमअन्तर्गत कम्प्युटर मर्मत, मोबाइल मर्मत, कुक, वेटर, ब्युटिसियन, गार्मेन्ट, मेसिन अपरेटर, फेसन डिजाइनर, प्लम्बर, केयर गिभर, हाउस किपिङ तालिम रहेका छन् । 

श्रम, रोजगार तथा समाजिक सुरक्षा मन्त्रालय, बागमती प्रदेश सामाजिक विकास मन्त्रालयको आर्थिक सहयोग र भरतपुर महानगरको समन्वयमा सीप परीक्षणसहित तालिम तीन महिना सञ्चालन हुनेछ । प्रमुख दाहालले आगामी दिनमा पनि मागमा आधारित १७ सयजना युवालाई विभिन्न किसिमका तालिम दिन लागेको जानकारी दिइन् ।