१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ बैशाख २१ आइतबार
  • Sunday, 04 May, 2025
नयाँ पत्रिका काठमाडौं
२o८२ बैशाख २१ आइतबार १४:३१:oo
Read Time : < 1 मिनेट
साहित्य डिजिटल संस्करण

घिमिरे युवराजको ‘लस्ट एन्ड फाउन्ड’ नाटक सार्वजनिक

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८२ बैशाख २१ आइतबार १४:३१:oo

दुई दशकभन्दा बढी समयदेखि नाटक निर्देशन, अभिनय तथा लेखनमा सक्रिय घिमिरे युवराजद्वारा लिखित नाटक ‘लस्ट एन्ड फाउन्ड’ सार्वजनिक भएको छ। 

शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा लेखक कुमार नगरकोटी, उमा सुवेदी, उषा शेरचन र निर्देशक तथा रंगकर्मी अनुप बरालले पुस्तक सार्वजनिक गरेका हुन्। शिल्पी थिएटरका कला निर्देशक घिमिरे युवराजको सांग्रिला बुक्सबाट प्रकाशित यो दोस्रो नाट्य कृति हो। पहिलो नाटक ‘विमोक्ष’को दोस्रो संस्करण शनिबार नै प्रकाशित भएको हो।

अभिनेता दिव्यदेव र लेखक घिमिरे युवराजले नेपाली नाट्य क्षेत्र, थिएटरका चुनौती, नाटक लेखन र चलचित्रका विषयमा रोचक संवादसमेत गरेका थिए। सोही क्रममा लेखक घिमिरेले सहरको निस्सास्सिएको जीवन र सम्बन्धमा आफ्नो रुचि भएकाले नाटकमा त्यही विषय समेटेको बताए।

लेखकसँग संवाद गर्दै अभिनेता दिव्य देवले ‘लस्ट एन्ड फाउन्ड’ घिमिरे युवराजको अहिलेसम्मकै उत्कृष्ट नाटक भएको भनी पाण्डुलिपि पढ्नेले आफूलाई सुनाएको उल्लेख गरे। विमोचित नाटक जेठ २ गतेबाट शिल्पी थिएटरमा मञ्चन हुँदै छ।