१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Saturday, 03 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १६:३७:oo
Read Time : < 1 मिनेट
समाचार

धादिङको तिप्लिङमा सशस्त्र प्रहरी बलको बिओपी स्थापना

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १६:३७:oo

धादिङ जिल्लाको रुबीभ्याली गाउँपालिका– १ तिप्लिङमा सशस्त्र प्रहरी बल नेपालको बिओपी स्थापना भएको छ ।  गृहमन्त्री रमेश लेखकले  शुक्रबार सो बिओपीको उद्घाटन  गरेका छन् । धादिङ सदरमुकामबाट ७०–७५ किलोमटर टाढा र २२ सय मिटर उचाइमा रहेको यस बिओपी हाललाई सोही गाउँपालिकाले उपलब्ध गराएको भाडाको घरमा बसेको छ । 

उद्घाटन कार्यक्रममा कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारी, प्रतिनिधिसभा सांसद टेकबहादुर गुरुङ, गृहसचिव गोकर्णमणि दुवाडी, सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल, रुबीभ्याली गाउँपालिकाका प्रमुख रामसिंह तामाङ, धादिङका प्रमुख जिल्ला अधिकारी सुमन घिमिरे, धादिङका प्रहरी उपरीक्षक दीपेन्द्र शाही, राष्ट्रिय अनुसन्धान निर्देशक नरेन्द्रराज गिरीलगायत वडाध्यक्ष तथा स्थानीय बासिन्दाहरूको उपस्थिति रहेको थियो ।

उत्तरी नाकामा सशस्त्रको यो ११औँ बिओपी हो। यसअघि उत्तरतर्फ दार्चुलाको तिंकर, हुम्लाको हिल्सा, मुस्ताङको नेचुङ, गोरखाको साम्दो, रसुवाको टिमुरे, सिन्धुपाल्चोकको तातोपानी र गुम्बा, दोलाखाको लामाबगर, संखुवासभाको किमाथांका, ताप्लेजुङको ओलाङचुङगोलामा बिओपी स्थापना भइसकेको छ । यससँगै छिमेकी मुलुक चीनतर्फको सिमानातर्फ ११ र  छिमेकी मुलुक भारततर्फको सिमानामा २४४ गरी बिओपी संख्या जम्मा २५५ पुगेका सशस्त्र प्रहरी बलका सहप्रवक्ता डिएसपी शैलेन्द्र थापाले बताए।