१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ बैशाख १९ शुक्रबार
  • Friday, 02 May, 2025
नयाँ पत्रिका काठमाडौं
२o८२ बैशाख १९ शुक्रबार १६:३२:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

इन्टर्नलाई स्टार्टअपमा संलग्न गर्न कार्यघण्टामा ज्याला प्रणाली लागू गरिने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८२ बैशाख १९ शुक्रबार १६:३२:oo

सरकारले इन्टर्नलाई पनि स्टार्टअपमा संलग्न गर्न कार्यघण्टामा ज्याला प्रणाली लागू गर्ने भएको छ ।

शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेलले आगामी आर्थिक वर्ष ०८२/८३ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै श्रम गर्ने संस्कृतिको विकास गर्दै श्रमलाई सम्मान गर्ने परिपाटी बसालिने बताएका हुन् । त्यस्तै, श्रम अडिटका माध्यमबाट आधारभूत श्रम मापदण्डको कार्यान्वयन सुनिश्चित गरिने पनि उनले बताए ।

नीति तथा कार्यक्रममा भनिएको छ, ‘इन्टर्नलाई पनि स्टार्टअपमा संलग्न गर्न कार्यघण्टामा ज्याला प्रणाली लागू गरिनेछ । योगदानमा आधारित सामाजिक सुरक्षालाई अनिवार्य गरिनेछ ।’