१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Thursday, 01 May, 2025
फाइल तस्बिर । शिक्षक आन्दोलन
नयाँ पत्रिका काठमाडाैं
Invalid date format १८:१५:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

सरकार–शिक्षक नौबुँदे सहमतिमा विद्यालय कर्मचारीको असहमति

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
Invalid date format १८:१५:oo

सरकार र शिक्षक महासंघबिच भएको नौबुँदे सहमतिमा विद्यालय कर्मचारीले असहमति जनाएका छन्। बिहीबार प्रेस वक्तव्य जारी गर्दै नेपाल विद्यालय कर्मचारी परिषद्ले आफ्नो धारणाबाहेकको सहमतिको भर्त्सना गरेको हो।

‘...नेपाल शिक्षक महासंघ राष्ट्रिय समितिद्वारा घोषित दोस्रो चरणको सडक आन्दोलनको २९औँ दिनपश्चात् ०८२/०१/१७ गतेका दिन नेपाल सरकार र नेपाल शिक्षक महासंघबिच भएको वार्ता र फिर्ता गरिएको आन्दोलनको कार्यक्रमको विषयमा नेपाल विद्यालय कर्मचारी परिषद, राष्ट्रिय समितिको पूर्ण रूपमा असहमति रहेको व्यहोरा सबैमा जानकारी गराउँदै नेपाल विद्यालय कर्मचारी परिषद्‌को संस्थागत धारणाबाहेकको सहमतिको घोर भर्त्सना गर्दछौँ,’ वक्तव्यमा भनिएको छ।

सरकार र शिक्षक महासंघबिच बुधबार १५ असारमा विद्यालय शिक्षा ऐन ल्याउने ग्यारेन्टीसहित सेवा–सुविधासम्बन्धी नौबुँदे सहमति भएको छ। उक्त सहमतिमा आफूहरूको माग नसमेटिएको भन्दै विद्यालय कर्मचारीले असहमति जनाएका हुन्। समीक्षा बैठकपश्चात् थप कार्यक्रमहरू सार्वजनिक गर्ने परिषद्ले जनाएको छ।