१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Sunday, 27 April, 2025
नयाँ पत्रिका काठमाडौं।
Invalid date format २१:१o:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार

सहकारी ठगीमा फरार कांग्रेस सांसद राई सात महिनापछि पक्राउ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं।
नयाँ पत्रिका
Invalid date format २१:१o:oo

सहकारी ठगीमा संलग्न कांग्रेस सासद माया राई पक्राउ परेकी छिन्। प्रहरीले शनिबार उनलाई कपनबाट पक्राउ गरेको हो । 

सहकारी ठगीको मुद्दामा उनलाई पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी रमेश बस्नेतले बताए। उनलाई काठमाडौं परिसरमा बुझाइने उनी बताउँछन् । 

सांसद राई लामो समयदेखि सत्ताको संरक्षणमा थिइन्। 

कालिमाटीस्थित स्वर्णलक्ष्मी सहकारीको ठगीमा उनको संलग्नता पुष्टि हुँदा पनि प्रहरीले उनलाई पक्राउ गर्न चासो दिएको थिएन। यसअघि ठेगाना नखुलेको भन्दै प्रहरीले उनलाई उन्मुक्ति दिएको थियो। उनी स्वर्णलक्ष्मी सहकारीको दुई कार्यकाल सञ्चालक बसेकी थिइन्। त्यही समयमा बचतकर्ताको रकम हिनामिना भएको थियो। सहकारीका मुख्य सञ्चालक जिबी राई भने अझै फरार छन्। 

भोजपुर स्थायी घर भएकी राई समानुपातिकतर्फबाट प्रतिनिधिसभा सदस्य बनेकी हुन्। फरारकै अवस्थामा उनले तलबभत्ता बुझ्दै आएकी थिइन्। फरार रहेकी उनले शुक्रबार संसद पुगेर गोप्य रुपमा हाजिर गरेको विवरण नयाँ पत्रिकाले खुलासा गरेको थियो। त्यसपछि दबाबमा परेको गृह प्रशासनले उनलाई पक्राउ गर्न निर्देशन दिएको स्रोत बताउँछ।