१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ बैशाख ११ बिहीबार
  • Thursday, 24 April, 2025
तस्बिर : रासस
नयाँ पत्रिका काठमाडौं
२o८२ बैशाख ११ बिहीबार १९:३६:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

अब बोल्नेभन्दा काम गर्ने हो : शिक्षामन्त्री पन्त

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८२ बैशाख ११ बिहीबार १९:३६:oo

नवनियुक्त शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले आफूले बोल्नेभन्दा काम गर्नेतर्फ ध्यान दिने बताएका छन्। बिहीबार मन्त्रालयमा पदभार ग्रहण गर्दै मन्त्री पन्तले सम्पूर्ण ध्यान शिक्षकहरूको समस्या समाधान गर्न केन्द्रित गर्ने प्रतिक्रिया दिएका हुन्।

आफूले मन्त्रीका रूपमा सबै कुरा जानकारी नलिएको उल्लेख गर्दै उनले भने, ‘भर्खर मन्त्रालयमा प्रवेश गरेको छु। यो समस्याको बारेमा जानकार त छु। तर, सबै विषयमा मैले राम्रोसँग जानकारी लिएको छैन। राम्रोसँग जानकारी नलिई विचार व्यक्त गर्नु त्यति उपयुक्त हुँदैन।’ 

शिक्षकहरूको सरोकारको विषयमा अहिलेसम्म काम गरेकाहरूलाई धन्यवाद दिँदै मन्त्री पन्तले आफूले काम गरेर देखाउने बताए। उनले भने, ‘अब त बोल्नेभन्दा काम गर्ने हो। वार्ताबाट समस्या समाधान गर्ने प्रयत्न गर्छु, मेरो सम्पूर्ण ध्यान त्यसमा केन्द्रित हुनेछ।’