१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Thursday, 24 April, 2025
नयाँ पत्रिका नवलपरासी
Invalid date format १४:५२:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

गण्डक जलविद्युत् आयोजनाको नहर मर्मत गर्न विद्युत् उत्पादन बन्द

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, नवलपरासी
नयाँ पत्रिका
Invalid date format १४:५२:oo

पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिका– ७ गुठ्ठी सूर्यपुरास्थित गण्डक जलविद्युत् केन्द्रको विद्युत् उत्पादन पूर्ण रूपमा बन्द भएको छ । जलविद्युत् केन्द्रका प्रमुख पीताम्बर भुसालले जलविद्युत् केन्द्रको विद्युत् उत्पादन डेढ महिनादेखि बन्द रहेको बताएका छन् । पूर्वी नवलपरासीको विनयी त्रिवेणी गाउँपालिकाको त्रिवेणीस्थित गण्डक ब्यारेजबाटै नहरको पानी बन्द भएपछि विद्युत् उत्पादन बन्द भएको छ । भारतले जलविद्युत् केन्द्रको नहर बन्द (क्यानल सटडाउन) गरेपछि विद्युत् उत्पादन रोकिएको उनले बताएका छन् ।  गत फागुन २६ गतेदेखि नहरमा पानी आउन बन्द भएपछि उत्पादन बन्द गरिएको उनले बताए । 

लामो समयदेखि प्रत्येक वर्ष नहरमा पानी बन्द गर्ने चलन रहेको छ । नेपाल–भारत गण्डक सम्झौताअनुसार भारतले सन् १९७९ मा निर्माण गरेको केन्द्र ३१ अगस्ट १९८१ मा नेपाललाई हस्तान्तरण गरेको थियो । करिब ४४ वर्ष पुरानो गण्डक जलविद्युतमा नहरमा पानी छोड्ने र बन्द गर्ने भारतीय पक्षको हातमा हुन्छ ।

यसअनुसार भारतको उत्तर प्रदेश गोरखपुरस्थित गोरखपुर सिँचाइ विभागले उक्त विद्युत् केन्द्रको नहरमा सरसफाइ तथा मर्मत भइरहेको जनाउँदै नहरमा पानी बन्द गरेपछि विद्युत् उत्पादन बन्द रहेको प्रमुख भुसालले बताए । भारतीय पक्षले हरेक वर्ष कात्तिक–मंसिर र चैत–वैशाख गरी दुईपटक नहरको पानी बन्द गर्ने गरेको छ । यसले गर्दा घाटा हुने गरेको उनले बताए । 

नहरमा पानी बन्द भएपछि विद्युत् ठप्प भएपछि दिनहुँ सातदेखि आठ लाखसम्म घाटा हुने गरेको प्रमुख भुसालले जानकारी दिए ।  १५ मेगावाट विद्युत् उत्पदान क्षमता भएको उक्त जलविद्युत् केन्द्र अहिले चारदेखि साढे चार मेगावाटसम्म विद्युत् उत्पादन गरिरहेको छ । तीनवटा टर्वाइन भएको जलविद्युत् केन्द्रमा दुई टर्वाइनले मात्र विद्युत् उत्पादन गरिरहेका छन् भने एउटा टर्वाइन बिग्रेर थन्केको छ । गण्डक जलविद्युत् केन्द्रमा रहेको विद्युतीय उपकरण पुरानो प्रविधिअनुसार रहेको हुनाले परिवर्तन गरी सुधार गर्नुपर्ने देखिएको उनले उल्लेख गरे ।