Skip This
कक्षा १२ को परीक्षा सार्न बोर्डलाई प्रधानमन्त्रीको निर्देशन
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ बैशाख ९ मंगलबार
  • Tuesday, 22 April, 2025
नयाँ पत्रिका काठमाडौं
२o८२ बैशाख ९ मंगलबार २o:o२:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

कक्षा १२ को परीक्षा सार्न बोर्डलाई प्रधानमन्त्रीको निर्देशन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८२ बैशाख ९ मंगलबार २o:o२:oo

प्रधानमन्त्री केपी शर्मा ओलीले कक्षा १२ को परीक्षा सार्न राष्ट्रिय परीक्षा बोर्डलाई निर्देशन दिएका छन्।

बोर्डका अध्यक्ष महाश्रम शर्मा प्रधानमन्त्रीलाई भेट्न बालुवाटार पुगेका थिए। सोही भेटमा प्रधानमन्त्रीले परीक्षा सार्न निर्देशन दिएका बोर्डका एक कर्मचारीले बताए।

यसअघि उक्त परीक्षा ११ वैशाखदेखि सुरु हुने भनिएको थियो। परीक्षाको दुई दिनअघि प्रधानमन्त्रीले मिति सार्न निर्देशन दिएका हुन्।

आज मंगलबार बिहान मात्रै बोर्डले शिक्षकले नमाने निजामती कर्मचारी राखेर भए पनि परीक्षा सञ्चालन गर्ने निर्णय गरेको थियो। अन्य कर्मचारी खटाएर परीक्षा लिए कापी परीक्षण पनि नगर्ने शिक्षकहरूले चेतावनी दिएका थिए।