
एनसेलका ग्राहकले अब अनलाइन ब्यालेन्स रिचार्ज गर्दा बोनस डेटा पाउने भएका छन् । ग्राहकले एनसेल एपमार्फत एक सय वा सोभन्दा माथिको रिचार्ज गर्दा बोनस डेटा पाउने भएका हुन् । एपमार्फत एक सयदेखि दुई सय रुपैयाँसम्मको रिचार्ज गर्दा एक दिनका लागि दुई सय एमबी बोनस डेटा प्राप्त गर्नेछन् । यस्तै, दुई सय वा सोभन्दा माथिको अनलाइन रिचार्जमा तीन दिन मान्य मान्य रहने पाँच सय एमबी बोनस डेटा पाइनेछ ।
यो बोनस अफरले ग्राहकलाई डिजिटल माध्यम अपनाउन प्रोत्साहित गर्नुका साथै बोनस डेटाको फाइदा दिने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार एपमार्फत सजिलै डेटा वा भ्वाइस प्याक, ‘सधैँ अन’ प्याक, ‘सधैँ अन’ रिन्युअल प्याक लिन, अनलाइन रिचार्ज गर्न सकिनेछ । त्यसैगरी, आफ्नो सेवा प्रयोगको विवरण हेर्न र डेटालाई भ्वाइस वा भ्वाइसलाई डेटामा परिवर्तन गर्नसमेत सकिने सुविधा पनि एपमा रहेको छ । ग्राहकले उपहारका रूपमा विभिन्न प्याकहरू पठाउन सक्नेछन् ।
त्यसैगरी, अनलाइन तथा अफलाइन गेम, अनलाइन समाचारहरूको उपलब्धता, मासिक बिल हेर्ने सुविधा, सेवा सक्रिय गर्ने वा लिएका सेवा निष्क्रिय गर्ने सुविधा, रोमिङ सेवालगायत थुप्रै सेवा एपमा समावेश गरिएको कम्पनीले जनाएको छ । विभिन्न उद्देश्यले छिटो वा लामो समयका लागि विदेश जाने एनसेलका ग्राहकका लागि पनि एनसेल एप एक प्रभावकारी सेल्फ सर्भिस एप हो, जसले उनीहरूलाई सजिलै रिचार्ज गर्न, प्याक खरिद गर्न र रोमिङ सेवाका साथ सजिलै सम्पर्कमा रहन मद्दत गर्ने बताइएको छ ।