
तिब्बती वर्षको अन्त्य र नेपाली नयाँ वर्षको सुरुवातमा नेपाल र पूर्वी तिब्बतको सेचेन मठहरूमा चाम वा लामा नृत्य धुमधामसँग प्रस्तुत हुने गर्छ । बौद्ध समुदायले यो नृत्यलाई केवल नाच मात्र नभई ‘नृत्य ध्यान’को रूपमा लिने गर्छ । यो नृत्य तिब्बती बौद्ध धर्मावलम्बीबिच सांस्कृतिक सम्पदाको रूपमा स्थापित छ । जसले स्थानीय समुदाय र मठबिचको अध्यात्मलाई जोड्ने गरेको छ । चाम नृत्यको उत्पत्ति नवौँ शताब्दीमा गुरु पद्मसम्भवले तिब्बतमा बौद्ध धर्मको प्रचारप्रसार गर्ने क्रममा सुरु गरेका हुन् । तिब्बतमा १००औँ वर्षसम्म फस्टाएको यो नृत्य विभिन्न कालखण्डमा आध्यात्मिक गुरुहरूले परिष्कृत गर्दै आएका छन् । चाम नृत्यले विशेषगरी पद्मसम्भवका आठ अवतारको सम्मान गर्छ । नृत्यमा बुद्धिमत्ता, करुणा र अनित्यताका मूल्यलाई जीवन्त बनाउँछ ।
चाम नृत्यलाई ध्यान र आनन्दको अभिव्यक्तिका रूपमा लिने गरिन्छ । नृत्य गर्दा चाम भिक्षुहरूले आफूलाई देवताको रूपमा कल्पना गर्छन् । स्थानीय समुदायले यो नृत्यलाई आध्यात्मिक उपहार र जीवनको पवित्रता दिलाउने विश्वास गर्छन् ।
चाम नृत्यमा प्रस्तुत हुने हरेक तत्वको अर्थ हुन्छ । मुखौटाहरूले मनका विभिन्न पक्षलाई प्रतिनिधित्व गर्छन् । शान्त मुखौटाले बुद्धिको शान्ति र क्रोधित मुखौटाले मानसिक विषयलाई चित्रण गर्छन् । चीन र भारत (वनारस) का रंगीन ब्रोकेड र रेशमका पोसाकले नृत्यकर्तालाई देवताको रूपमा प्रस्तुत गर्छ । पाँचौँ दलाई लामाले वर्णन गरेअनुसार, नृत्यकर्ताको चाल गरुडको उडान वा हिम चितुवाको कपाल हल्लाइजस्तो हुन्छ । लामो तुरही, घण्टी र ढोलकको संगीतले ध्यानको वातावरण बनाउने गर्छ । चाम नृत्यले सही प्रेरणा, एकाग्रता, पुण्य समर्पण गरी तीन सिद्धान्तलाई विश्वास गर्ने गर्छ । नृत्य गर्नेहरूले आफ्नो शक्ति र सुन्दरताको रूपमा प्रयोग गर्छन् । चाम नृत्य असाधारण सांस्कृतिक सम्पदाको प्रमाणको रूपममा बौद्ध धर्ममा स्थापित छ ।