१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ बैशाख ५ शुक्रबार
  • Saturday, 19 April, 2025
नयाँ पत्रिका काठमाडौं
२o८२ बैशाख ५ शुक्रबार ११:१६:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

४७औँ इफाप्का सम्मेलनमा नेपालको सहभागिता

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८२ बैशाख ५ शुक्रबार ११:१६:oo

एसियाली तथा पश्चिम प्रशान्त क्षेत्रका मुलुकहरूको साझा निर्माण संगठन (इफाप्का)को ४७औँ सम्मेलनमा नेपालले सहभागिता जनाएको छ । सिंगापुरमा आयोजित सम्मेलनमा नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंह नेतृत्वको टोली सहभागी भएको थियो ।

नेपाली प्रतिनिधिमण्डलको नेतृत्वकर्ताको हैसियतले सम्मेलनलाई सम्बोधन गर्दै सिंहले विभिन्न प्रकारका चुनौतीका बाबजुद नेपालले जलस्रोत, सडक सञ्जाल, सिँचाइ, उड्डयन क्षेत्रलगायतमा महत्वपूर्ण उपलब्धि हासिल गरिरहेको बताए । 

पूर्वइफाप्का अध्यक्षसमेत रहेका महासंघ अध्यक्ष सिंहले नेपाली निर्माण व्यवसायीले भौतिक पूर्वाधारको क्षेत्रमा विभिन्न कठिनाइको सामना गर्नुपरिरहेको बताए । 

विश्वव्यापी रूपमा देखिएको आर्थिक मन्दीको सिकार नेपालको पूर्वाधार क्षेत्र पनि भएको बताउँदै उनले नेपालको अर्थतन्त्रलाई चलायमान बनाउन पूर्वाधार क्षेत्रको विकास अपरिहार्य भएको उल्लेख गरे । विश्वका अन्य विकासशील देशहरूले जस्तै नेपालको निर्माण उद्योगले पनि जलवायु परिवर्तनको प्रत्यक्ष मार खेपिरहेकोतर्फ सिंहले विश्व समुदायको ध्यानाकर्षण गराए । 

सरकार, निजी क्षेत्र तथा अन्तर्राष्ट्रिय दातासँगको सहकार्यलाई नेपालले प्राथमिकतामा राखेको भन्दै अध्यक्ष सिंहले निर्माण उद्योगका लागि प्रविधिमा लगानीमा विशेष जोड दिँदै निर्माण उद्योगको विकासका लागि इफाप्काजस्ता क्षेत्रीय संगठनका सदस्य राष्ट्रबिचको सहकार्य जरुरी भएको सिंहको भनाइ थियो ।