१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ बैशाख ६ शनिबार
  • Saturday, 19 April, 2025
नयाँ पत्रिका काठमाडाैं
२o८२ बैशाख ६ शनिबार १४:२१:oo
Read Time : < 1 मिनेट
खेलकुद डिजिटल संस्करण

वर्षाले खेल रद्द भएपछि अफगानिस्तान यू १९ विश्वकपमा छनोट 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८२ बैशाख ६ शनिबार १४:२१:oo

यू १९ वर्ल्ड कपमा अफ़गानिस्तान  छनोट भएको छ। शनिबार नेपाल र अफगानिस्तानबिच  मूलपानी मैदानमा प्रतिस्पर्धाको तालिका भए पनि मौसमका कारण खेल हुन नसकेपछि नेट रन रेटको आधारमा अफगानिस्तान छनोट भएको हो। विश्वकपमा पुग्ने दाबेदारीमा रहेको नेपालका लागि वर्षा बाधक बनेको छ। 

मूलपानीमा आइसिसी यू–१९ विश्वकपअन्तर्गत एसियन छनोट खेल आयोजना भएको थियो।  निर्णायक खेल वर्षाका कारण रद्द भएपछि निरास बनेका दर्शकहरुले क्यान र आइसिसीविरुद्ध मूलपानी ग्राउन्डमा नाराबाजी गरेका थिए। 

शनिबार बिहान परेको पानीले मैदान हिलो भएपछि दिउँसो २ बजे पनि खेल सुरु हुन सकेन। जसकारण खेल रद्द गरिएको हो। 

नेपाल–अफगानिस्तान दुवै टोलीको समान ७ अंक भए पनि नेट रनमा अफगानिस्तान अगाडि थियो। अफगानिस्तानको रन रेट ४.८१ तथा नेपालको रन रेट ३.५७ थियो।