१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Saturday, 19 April, 2025
वासिंटन डिसी
Invalid date format o९:१४:oo
Read Time : < 1 मिनेट
विश्व प्रिन्ट संस्करण

हार्वर्ड विश्वविद्यालयमा विदेशी विद्यार्थी भर्ना रोक्ने ट्रम्पको चेतावनी 

Read Time : < 1 मिनेट
वासिंटन डिसी
नयाँ पत्रिका
Invalid date format o९:१४:oo

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हार्वर्ड विश्वविद्यालयले भविष्यमा पनि संघीय कोष प्राप्त गर्न नहुने घोषणा गरेका छन् । उनले सो विश्वविद्यालय ‘घृणा र मूर्खता सिकाउने’ थलो भएको आरोप लगाए । उता ट्रम्प प्रशासनका एक सदस्यले यस प्रख्यात अमेरिकी विश्वविद्यालयले गर्ने विदेशी विद्यार्थी भर्नामा प्रतिबन्ध लाग्न सक्ने चेतावनी दिएका छन् ।

हार्वर्ड सोमबार ट्रम्प प्रशासनले राखेका कडा माग अस्वीकार गर्ने पहिलो अमेरिकी विश्वविद्यालय बनेपछि एकपछि अर्को कारबाहीको निसानामा परेको छ । ट्रम्प प्रशासनले विश्वविद्यालयसँग गरिएको बहुवर्षीय अनुदान र सम्झौता अन्तर्गत दुई अर्ब डलरभन्दा बढी रकम रोक्का गर्ने घोषणा गरेर तुरुन्तै बदला लियो । बुधबार सिएनएनले प्रसारण गरेको समाचारअनुसार अमेरिकी संघीय सरकारको राजस्व सेवा ‘इन्टरनल रिभिन्यु सर्भिसेस’ले हार्वर्डको करछुटको हैसियत खोस्ने योजना बनाइरहेको छ ।

उता अमेरिकाको सबैभन्दा प्रतिष्ठित विश्वविद्यालयविरुद्ध ट्रम्प प्रशासनको बदलापूर्व व्यवहारविरुद्ध देशका शीर्ष विश्वविद्यालय र धेरै डेमोक्य्राटिक राजनीतिज्ञले बोलेका छन् । तर, विरोधका बाबजुद ट्रम्प प्रशासनले बदलापूर्ण व्यवहारबाट पछि हटेको छैन । ट्रम्पले विश्वविद्यालयले माफी माग्नुपर्ने बताएका छन् ।

गृह मामिला हेर्ने होमल्यान्ड सेकुरिटी डिपार्टमेन्ट प्रमुख क्रिस्टी नोहमले बुधबार केही भिसाधारकको जानकारी साझा नगरिए हार्वर्डले विदेशी विद्यार्थी भर्ना गर्ने क्षमता गुमाउने चेतावनी दिएकी छिन् ।