१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Saturday, 19 April, 2025
नयाँ पत्रिका काठमाडाैं
Invalid date format १४:५२:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार

कामनपाले हटायो कबाडी संकलन केन्द्र

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
Invalid date format १४:५२:oo

यसअघि पटक–पटक दिएको आग्रह नमानेपछि काठमाडौं महानगरपालिकाले  कबाडी संकलन केन्द्रमा डोजर चलाएर हटाएको छ । कामनपा– ३२ मा पर्ने उक्त कबाडी संकलन केन्द्र हटाउनका लागि ६ वटा टोल सुधार समिति र स्थानीयले कामनपामा उजुरी गरेपछि उक्त केन्द्रमा आज डोजर लगाइएको कामनपा नगर प्रहरी उपरीक्षक दिनेशकुमार अर्यालले जानकारी दिए ।  

उपरीक्षक अर्यालका अनुसार कामनपा नगर प्रहरीले  च्यासल पुलदेखि बालकुमारी पुल क्षेत्रसम्म रहेको तीनवटा कबाडी संकलन केन्द्र हटाएकाे हो । ‘आवास क्षेत्रमा पर्ने उक्त केन्द्र हटाउनका लागि कामनपाले पटक–पटक सूचना दिँदा पनि अटेर गरेपछि आज डोजर चलाइएको हो,’ उपरीक्षक अर्यालले भने ।   

उक्त स्थानमा डोजर लगाएर भत्काएको विरोधमा कबाडी संकलन केन्द्रका दुई मजदुरहरूले डोजरमाथि ढुंगामुढा गरेका थिए। ढुंगामुढा गर्नेलाई नियन्त्रणमा लिएको पनि उनले जानकारी दिए । स्थानीयले बालबालिकाको पठनपाठन बिग्रिएको, सामाजिक असुरक्षा भएको भन्दै उक्त केन्द्र हटाउन आग्रह गर्दै आएका थिए ।