Skip This
दिक्तेल बहुमुखी क्याम्पसको प्रमुखमा कृष्णबहादुर राई नियुक्त 
मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ बैशाख ३ बुधबार
  • Wednesday, 16 April, 2025
२o८२ बैशाख ३ बुधबार o९:५५:oo
Read Time : < 1 मिनेट
समाचार प्रिन्ट संस्करण

दिक्तेल बहुमुखी क्याम्पसको प्रमुखमा कृष्णबहादुर राई नियुक्त 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८२ बैशाख ३ बुधबार o९:५५:oo

दिक्तेल बहुमुखी क्याम्पसको क्याम्पस प्रमुखमा कृष्णबहादुर राई नियुक्त भएका छन् । क्याम्पस सञ्चालक समितिको गत चैत ३० गते बसेको बैठकले सहायक क्याम्पस प्रमुख राईलाई प्रमुखमा नियुक्त गरेको हो ।

०५२ सालदेखि नियमित प्राध्यापन गर्दै आएका नवनियुक्त क्याम्पस प्रमुख राईले मंगलबार औपचारिक रूपमा पदभार ग्रहण गरेका छन् । ०३७ सालमा स्थापना भएको दिक्तेल बहुमुखी क्याम्पसको नवनियक्त क्याम्पस प्रमुख राई छैटौँ क्याम्पस प्रमुख हुन् । 

पदभार ग्रहण कार्यक्रमलाई सम्बोधन गर्दै नवनियुक्त क्याम्पस प्रमुख राईले क्याम्पसको चौतर्फी विकासमा आफ्नो ध्यान केन्द्रित हुने बताएका छन् । ‘शैक्षिक संस्थाको प्रमुख भएकोले सबैभन्दा पहिलो प्राथमिकता शैक्षिक गुणस्तर सुधारमा मेरो ध्यान केन्द्रित हुन्छ । शैक्षिक गुणस्तर सुधारसँगै भौतिक पूर्वाधार विकासमा समेत ध्यान दिनेछु,’ उनले भने, ‘हाम्रो समाजमा पछिल्लो समय संस्कार तथा संस्कृति हराउँदै गएको छ । मेरो चारवर्षे कार्यकालमा यसतर्फ पनि सुधारको प्रयास हुनेछ ।’

सहायक क्याम्पस प्रमुखको जिम्मेवारीमा रहेका राईलाई वरिष्ठताका आधारमा क्याम्पस प्रमुख नियुक्त गरिएको क्याम्पस सञ्चालक समितिका अध्यक्ष एवं संविधानसभा सदस्य दुर्गाजयन्ती राईले बताइन् । जिल्लाकै पहिलो क्याम्पस दिक्तेल बहुमुखी क्याम्पसमा यसअघि नरेन्द्र राजभण्डारी, बम थुलुङ, शेरबहादुर तामाङ, डा. शुकराज राई र हीराकुमार राई क्याम्पस प्रमुख भइसकेका छन् ।