Skip This
माओवादीप्रति जनताको भरोसा बढेको छः प्रचण्ड 
मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Wednesday, 16 April, 2025
Invalid date format १८:४o:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार

माओवादीप्रति जनताको भरोसा बढेको छः प्रचण्ड 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १८:४o:oo

नयाँ वर्षको अवसर पारेर माओवादी केन्द्रको तराई मधेश जागरण अभियान नवलपुरको गैँडाकोटबाट पुन सुरु गरेको छ। 

अभियानका लागि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सोमबार गैँडाकोट आइपुगेका छन्।  

उनले गैँडाकोटमा माओवादी कार्यकर्ताहरूलाई सम्बोधन गर्दै नयाँ वर्षको अवसर पारेर गैँडाकोटबाट अभियान पुन: सुरु गर्न पाउँदा खुसी लागेको बताए। 

तीनकुनेको प्रदर्शनपछि राजावादीहरू आपराधिक तत्वको रूपमा नांगिएको उनको टिप्पणी छ। माओवादी केन्द्रले राजनीतिक हस्तक्षेप नगरेको भए सो दिन ठुलो राजनीतिक दुर्घटना हुने अवस्था देखिएपछि काठमाडौंमा जनप्रदर्शन गरेको उनको दाबी छ। 

एकैदिन भएको समाजवादी मोर्चा र राजावादीहरूको प्रदर्शनले राजावादी कस्ता हुन्छन् र गणतन्त्रवादीहरू कस्ता हुन्छन भनेर प्रस्ट्याएको उनले बताए। 

आफूहरूको प्रदर्शनले गणतन्त्रवादीहरू लोकतन्त्रप्रति उत्तरदायी छ भन्ने पुष्टि भएको बताउँदै पूर्वप्रधानमन्त्री प्रचण्डले मधेश जागरण अभियानले माओवादीप्रति जनताको भरोसा बढेको बताए। माओवादी मात्रै परिवर्तनशील पार्टी भएको उनको भनाइ छ।  

प्रचण्डले भोलि गैँडाकोट, रजहर, कावासोतीलगायतका स्थानमा सम्बोधन गर्ने कार्यक्रम रहेको छ भने कावासोतीमा माओवादी केन्द्रले नवलपुरकेन्द्रित सभा गर्ने भएको छ। कार्यक्रममा सहभागी हुन हालै पार्टी उपाध्यक्षको जिम्मेवारीमा फर्किएका नन्दबहादुर पुन पासाङलगायत केन्द्रीय नेताहरू गैँडाकोट आइपुगेका छन्।