Skip This
दक्षिण कोरियाका पूर्वराष्ट्रपति युनविरुद्ध विद्रोहको मुद्दा
मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ चैत ३१ आइतबार
  • Monday, 14 April, 2025
२o८१ चैत ३१ आइतबार १३:३o:oo
Read Time : > 1 मिनेट
विश्व डिजिटल संस्करण

दक्षिण कोरियाका पूर्वराष्ट्रपति युनविरुद्ध विद्रोहको मुद्दा

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ चैत ३१ आइतबार १३:३o:oo

दक्षिण कोरियाका पूर्वराष्ट्रपति युन सुक योलले गत डिसेम्बरमा अल्पकालीन सैनिक शासन लागू गरेको अभियोगमा उनीविरुद्ध सोमबार फौजदारी मुद्दा दायर गरिने भएको छ ।

उनले डिसेम्बर ३ मा राजनीतिक गतिविधि र मिडियाको सेन्सरसिप स्थगन गर्न आदेश दिएपछि देशमा सैन्य शासन लागू गर्ने प्रयास गरेका थिए । विपक्षी सांसदहरूले मतदान गरेपछि उक्त आदेश ६ घण्टा मात्र चलेको थियो।

यस विनाशकारी प्रयासका लागि दक्षिण कोरियाली संसद् नेसनल एसेम्ब्लीले युनलाई महाभियोग लगाएको थियो भने महाभियोगको प्रस्ताव दर्ता भएपछि उनी निलम्बनमा परेका थिए । संवैधानिक अदालतले अप्रिल ४ मा उनलाई राष्ट्रपतिको जिम्मेवारीबाट पूर्ण रूपमा हटाउने आदेश सुनाएको थियो ।

यद्यपि, उनले राष्ट्रपतिको सबै विशेषाधिकार गुमाइसकेका छन् । अझै पनि विद्रोहको अभियोगमा उनीविरुद्ध सोमबार आपराधिक मुद्दा दायर गर्ने तयारी गरिएको छ ।

फेब्रुअरीमा भएको प्रारम्भिक सुनुवाइका क्रममा युनका वकिलले उनको हिरासत प्रक्रियागत रूपमा त्रुटिपूर्ण भएको तर्क गरेका थिए, जुन तर्कलाई अदालतले स्वीकार गरेको थियो । हिरासत प्रक्रियागत रूपमा त्रुटिपूर्ण भएको तर्कका आधारमा उनी पक्राउ परेको ५२ दिनपछि रिहा भएका थिए ।

हप्तौँसम्म प्रहरी र अभियोजनकर्ताविरुद्ध आवाज उठाएपछि जनवरीमा उनलाई पक्राउ गरिएको थियो । उहाँ राष्ट्रपति रहेकै समय पक्राउ पर्ने पहिलो दक्षिण कोरियाली राष्ट्रपति बनेका थिए ।

दोषी ठहरिएमा युनलाई आजीवन कारावास वा मृत्युदण्डसमेत हुन सक्छ । शुक्रबार ६४ वर्षीय पूर्वनेताले राष्ट्रपति निवास खाली गरी सियोलस्थित आफ्नो निजी निवासमा पुगी आफ्ना समर्थकलाई अअभिनन्दन गरेका थिए ।

‘अब, म गणतन्त्र कोरियाको एक साधारण नागरिकमा फर्कन्छु, र म हाम्रो देश र हाम्रा जनताको सेवामा नयाँ बाटो खोज्नेछु,’ उनले सामाजिक सञ्जालमा जारी एक विज्ञप्तिमा भनेका छन् ।

युनलाई हटाएसँगै दक्षिण कोरियामा आगामी जुन ३ मा उनको उत्तराधिकारी चयनका लागि मध्यावधि निर्वाचन हुने भएको छ । त्यतिवेलासम्म यो देश कार्यवाहक राष्ट्रपति हान डक–सोद्वारा शासित रहनेछ । रासस