१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Saturday, 19 April, 2025
नयाँ पत्रिका काठमाडाैं
Invalid date format o६:२१:oo
Read Time : < 1 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

प्राडा बरालको राजीनामा स्वीकृत भएसँगै त्रिवि उपकुलपतिविहीन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
Invalid date format o६:२१:oo

त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्राडा केशरजंग बरालले दिएको राजीनामा १३ दिनपछि प्रधानमन्त्री केपी ओलीले स्वीकृत गरेका छन् । त्रिविका कुलपतिसमेत रहेका ओलीले बिहीबार बरालको राजीनामा स्वीकृत गरेका हुन् ।

बरालको राजीनामा स्वीकृत भएसँगै त्रिवि उपकुलपतिविहीन बनेको छ । चार महिनायता प्रधानमन्त्रीले काममा साथ नदिएको र अनावश्यक ‘टर्चर’ दिएपछि बराल राजीनामा बुझाउन बाध्य भएका थिए । उनीमाथि सर्वोच्च अदालतको फैसलाविपरीत करार र अस्थायी प्राध्यापक तथा कर्मचारीबाट स्थायी गराउन दबाब पनि आएको थियो । दुवैतर्फबाट दबाब र असहयोग भएपछि १५ चैतमा प्रधानमन्त्री कार्यालयमै पुगेर बरालले राजीनामा बुझाएका थिए । 

१० फागुन ०८० मा चार वर्षका लागि मेरिटअनुसार बराल नियुक्त भएका थिए । तर, प्रधानमन्त्रीले दबाब दिएका कारण बरालले १३ महिनामै राजीनामा दिएका थिए । उनी त्रिवि आएको छोटो समयमै केही सुधार देखिएको थियो । त्रिविलाई दलीय भागबन्डाबाट मुक्त गराउँदै डिन नियुक्तिमा मेरिट शैली अपनाउनुका साथै शैक्षिक क्यालेन्डर व्यवस्थित बनाउने प्रयास गरेका थिए । सोही कारण नतिजाहरू समयमै प्रकाशन हुन थालेका थिए । 

प्राडा बरालले राजीनामा स्वीकृत भएकोप्रति खुसी रहेको प्रतिक्रिया दिए । ‘मैले राजीनामा पास होस् भनेर नै बुझाएको हो, किनकि काम गर्ने अवस्थै नभएर राजीनामा दिएको थिएँ,’ उनले भने, ‘काम गर्न नदिएपछि राजीनामा दिएको हुँ, प्रधानमन्त्रीको हेपाइ सहेर बस्ने इच्छा लागेन ।’