१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Saturday, 19 April, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format o८:४४:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

कोशी प्रदेशका व्यवसायीले दिए बजेटमा सुझाव 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format o८:४४:oo

आगामी आर्थिक वर्षको बजेटमा उद्योग–व्यवसाय क्षेत्रको उत्थानका लागि समेट्नुपर्ने विषयका बारेमा कोशी प्रदेशका व्यवसायीहरूले अर्थमन्त्री विष्णु पौडेललाई सुझाव पेस गरेका छन् । उद्योग संगठन मोरङका अध्यक्ष राकेश सुराना, मोरङ उद्योग व्यापार संघका अध्यक्ष अनुपम राठी र सुनसरी उद्योग वाणिज्य संघका अध्यक्ष विजय श्रेष्ठसहितको प्रनितिधिमण्डलले व्यावसायिक क्षेत्रले भोग्दै आएका समस्यालाई गम्भीरतापूर्वक लिँदै आगामी बजेटमा सम्बोधन गर्न अर्थमन्त्रीलाई आग्रह गरेका हुन् ।

संगठनका अध्यक्ष सुरानाले उद्योग प्रतिष्ठानले अहिले ६ देखि ८ घण्टासम्मको लोडसेडिङ भोग्दै आएकाले प्रसारणलाइनजस्ता पूर्वाधारमा लगानी विस्तार गर्न र जलाशययुक्त आयोजनामा सम्पूर्ण लगानी फोकस गर्न अनुरोध गरे । ‘व्यावसायिक विश्वासको वातावरण बनाउन राज्यले उद्योगी व्यवसायीहरूलाई भुक्तानी गर्नुपर्ने छुट सहुलियत, निर्यात अनुदानजस्ता रकम विलम्ब नगरी भुक्तानी गर्नुपर्छ,’ उनले भने, ‘साथै, नीतिगत स्थिरता कायम गर्न, खुला सिमाना नियमन गर्न, र उधारो कारोबारको नियमन र व्यवस्थापनका लागि स्पष्ट कानुन ल्याउनुपर्छ ।’

अध्यक्ष सुरानाले कतिपय उद्योगको कच्चा पदार्थ र तयारी वस्तुबिच भन्सारदरको फरक तीन तहको रहेको र कतिपयमा एक तह रहेको बताउँदै सबै प्रकृतिको उद्योगलाई एकै प्रकारको दर कायम गर्न अनुरोध गरे । यस्तै, मोरङ उद्योग व्यापार संघका अध्यक्ष राठीले अहिलेको आर्थिक सुस्तता, निराशालाई सम्बोधन गर्ने गरी आगामी बजेट निर्माण गर्न अर्थमन्त्रीसमक्ष आग्रह गरे ।