Skip This
काठमाडौंको आसपासका क्षेत्रमा वर्षा, अन्यत्रको अवस्था के छ ?(भिडियोसहित)
मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ चैत २६ मंगलबार
  • Thursday, 17 April, 2025
२o८१ चैत २६ मंगलबार २o:४२:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

काठमाडौंको आसपासका क्षेत्रमा वर्षा, अन्यत्रको अवस्था के छ ?(भिडियोसहित)

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ चैत २६ मंगलबार २o:४२:oo

काठमाडौं उपत्यकाका आसपासका जिल्लामा वर्षा भइरहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार काभ्रे, सिन्धुपाल्चोक, दोलखा क्षेत्रमा मंगलबार साँझ वर्षा भएको हो। सिन्धुपाल्चोकको चन्द्रकु क्षेत्रमा ६ घन्टामा २२.४ र धुम्थाङ क्षेत्रमा १९.२ मिलिमिटर वर्षा भएको छ।

सिन्धुपाल्चोकका अन्य क्षेत्रमा पनि पानी परिरहेको छ। त्यस्तै, काभ्रेको पनौती रोशीखोला क्षेत्रमा ७.६ र खोपासी क्षेत्रमा १.६ मिलिमिटर पानी परेको छ। दोलखाको सिंगटी क्षेत्रमा ४.४ र भीमेश्वर क्षेत्रमा १.२ मिलिमिटर पानी परेको छ। त्यस्तै, उपत्यकाको साँखु क्षेत्रमा पनि केही ठाउँमा फाटफुट पानी परेको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशीका (संखुवासभा, सोलुखुम्बु), बागमती प्रदेश(दोलखा, सिन्धुपाल्चोक, रसुवा), गण्डकी प्रदेश (कास्की, बाग्लुङ, म्याग्दी, पर्वत) र लुम्बिनी प्रदेश (रोल्पा, प्युठान, पाल्पा) आसपासको क्षेत्रमा मेघगर्जन-चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ । ६ घन्टामा म्याग्दीमा ३२.२ मिलिमिटर पानी  परेको छ।

मंगलबार राति कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली पहाडी भूभागको एक–दुई स्थानमा मेघगर्जन-चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेका वेला बंगालको खाडीबाट भित्रिएको जलवाष्पयुक्त हावाका कारण पानी परिरहेको हो। 
आगामी २४ घन्टामा कोशीलगायत देशका पहाडी भूभागका थोरै तथा बाँकी भूभागका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

वर्षाका कारण अब तुँवालो केही मात्रामा कम हुने आकलन रहेको महाशाखाले बुलेटिनमा उल्लेख गरेको छ। शुक्रबारसम्म कायम रहने यो मौसमी प्रणालीले काठमाडौं उपत्यका पनि हल्का वर्षाको आकलन गरिएको छ।