Skip This
बालेनलाई लिङ्देनले भने– हिरो भएर पत्र नकाट्नु, फोहोर सफा गर्छाैँ
मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Monday, 14 April, 2025
तस्बिर : संजित परियार/नयाँ पत्रिका
Invalid date format १६:४१:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

बालेनलाई लिङ्देनले भने– हिरो भएर पत्र नकाट्नु, फोहोर सफा गर्छाैँ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १६:४१:oo

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)लाई पत्र नकाट्न आग्रह गरेका छन्।

मंगलबार बल्खुमा आयोजित पार्टीको विरोध सभामा बोल्दै लिङ्देनले फोहोर गरेको भन्दै पत्र नकाट्न आग्रह गरेका हुन्। कार्यक्रमपछि फोहोर आफैँ सफा गर्ने भन्दै उनले यस्तो आग्रह गरेका हुन्।

‘बालेनजीलाई आजको कार्यक्रमको बारेमा धेरै हिरो भएर पत्र नकाट्न म आग्रह गर्छु । र, हाम्रा साथीहरूलाई पनि आफैँ सफा गरेर जान म आग्रह गर्छु,’ उनले भने।

पत्रकार तथा नागरिक समाजलाई यसको अनुगमन गर्न आग्रह गर्दै लिङ्देनले अगाडि भने, ‘भोलि फोहोर गरेबापत भनेर चिठी नआओस्।’