Skip This
भिजन लुम्बिनी ऊर्जा कम्पनीले पायो आइएसओ प्रमाणपत्र
मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Thursday, 17 April, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १८:५९:oo
Read Time : > 1 मिनेट
अर्थ डिजिटल संस्करण

भिजन लुम्बिनी ऊर्जा कम्पनीले पायो आइएसओ प्रमाणपत्र

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १८:५९:oo

भिजन लुम्बिनी ऊर्जा कम्पनी लिमिटेडले अन्तर्राष्ट्रिय गुणस्तर चिह्न र प्रमाणपत्र प्राप्त गरेको छ। अन्तर्राष्ट्रिय मापदण्डहरू पूरा गरेसँगै कम्पनीले आइएसओ ९००१–२०१५ प्राप्त गरेको हो।

बेलायतमा रहेको स्टानचुली म्यानेजमेन्ट एन्ड सर्भिसेजको बोर्डले भिजन लुम्बिनीको आर्थिक, प्रशासनिक, कार्यसम्पादन, परियोजनाको विकास तथा डिजाइन, निर्माणलगायतको मूल्यांकन गरेर प्रमाणपत्र प्रदान गरेको कम्पनीका कार्यकारी निर्देशक जगत पोखरेलले जानकारी दिए।

प्रमाणपत्र ग्रहणका लागि आइतबार काठमाडौंमा आयोजना गरिएको कार्यक्रममा उनले कम्पनी सञ्चालनमा विश्वस्तरको मूल्यमान्यता र मापदण्डहरू पालना गर्न भिजन लुम्बिनी प्रतिबद्ध रहेको बताए। धेरैजनाको लगानी रहेको कम्पनी भएकाले पनि यस कम्पनीले पारदर्शिता र सुशासनलाई केन्द्रमा राखेको उनको भनाइ थियो।

कार्यक्रममा स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (इप्पान)का अध्यक्ष गणेश कार्कीले भिजन लुम्बिनी ऊर्जा कम्पनीले झैँ सबै ऊर्जा कम्पनीहरूले यस्तो प्रमाणपत्र लिनुपर्नेमा जोड दिए। ऊर्जा कम्पनीहरूले अन्तर्राष्ट्रिय मापदण्ड पालना गर्ने प्रवृत्तिको विकास गरियो भने ऊर्जा क्षेत्रमा देखिएको आशंका र आलोचनाहरूलाई न्यूनीकरण गर्न सहयोग गर्ने उनको भनाइ छ।

कार्यक्रममा सहभागी प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले अन्तर्राष्ट्रिय मापदण्ड पूरा गर्ने गरी पहिलेदेखि नै काम गर्दै आइरहेको भिजन लुम्बिनीले अहिले प्रमाणपत्र पाएर त्यसलाई पुष्टि गरेको बताए। उनले अन्तर्राष्ट्रिय गुणस्तर चिह्न र प्रमाणपत्र पाएपछि भिजन लुम्बिनीमा गरिएको लगानी दुरुपयोग हुँदैन भन्ने सुनिश्चिता भएको दाबी गरे।

कार्यक्रममा प्रमाणपत्र प्रदान गर्नका लागि मूल्यांकनको जिम्मेवारी लिएको संस्थाका प्रतिनिधि सन्तोष गिरीले तीन महिनासम्म कम्पनीको सर्वपक्षीय मूल्यांकन गरेर मात्रै अन्तर्राष्ट्रिय गुणस्तर चिह्न र प्रमाणपत्र प्रदान गरिएको जानकारी दिए।

भिजन लुम्बिनी ऊर्जा कम्पनी सेतीखोला जलविद्युत् परियोजना सम्पन्न गर्दा अन्य परियोजनाको तुलनामा निकै छिटो काम सम्पन्न गरेको, मितव्ययी र पारदर्शी भएको, सामान्य नागरिकलाई पनि विद्युत् परियोजनाको मालिक बनाएको, कुनै विवाद र अवरोधविना काम सम्पन्न गरेकोलगायतका विशेषता भएको कम्पनीको रूपमा चिनिँदै आएको परियोजनाका प्रमुख व्यवस्थापक कुशल क्षेत्रीले बताए।