मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Thursday, 10 April, 2025
Invalid date format १४:२५:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

भारतीय प्रधानमन्त्री मोदीद्वारा श्रीलंकासँगको घनिष्ठ सम्बन्धको प्रशंसा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १४:२५:oo

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले श्रीलंकाको बौद्धवृक्षको आइतबार दर्शन गरेका छन्। प्रधानमन्त्री मोदीले बौद्धबहुल श्रीलंकाको सार्वभौमिकताको प्रतीक अनुराधापुरामा रहेको श्री महाबोधीमा फूल चढाई बुद्धप्रति श्रद्धाभाव व्यक्त गरेका हुन्। 

बुद्धले दुई हजार पाँच सय वर्षअघि बुद्धत्व प्राप्त गरेको भनिएको धारतमा रहेको अञ्जिरको बोटको बिरुवा भएको विश्वास गरिने अञ्जिरको यो बोटलाई कडा पहरा दिएर राखिएको छ। 

हिन्दु राष्ट्रवादी भारतीय प्रधानमन्त्री मोदीले सन् २०१५ मा आफ्नो अघिल्लो भ्रमणका क्रममा पनि यसको पूजाअर्चना गर्नुका साथै दुवै देशका लागि यसको धार्मिक र सांस्कृतिक महत्त्वमाथि उजागर गरेका थिए। 

बोटानिकल नाम ‘फिकस रिलिजियोसा’ रहेको यस रुखलाई दैनिक हजारौँले ‘जीवित बुद्ध’को प्रतीकको रूपमा पूजा गर्छन्, यसको हाँगाहरू सुनको लेप लगाइएको फलामको सहारामा संरक्षित गरिएका छन्। भिक्षु, प्रहरी र सशस्त्र फौजले यस रुखको २४सै घण्टा पहरा दिने गर्छन्।

‘यो भ्रमणले दुई देशबिचको गहिरो सांस्कृतिक, आध्यात्मिक र सभ्यतागत सम्बन्धलाई पुनः पुष्टि गरेको छ,’ मोदीले भारत फर्कनुअघि सामाजिक सञ्जालमा लेखेका छन्। शनिबार मोदी र श्रीलंकाका राष्ट्रपति अनुराकुमारा दिसानायकेले रक्षा र ऊर्जालगायत सात सम्झौतामा हस्ताक्षर गरेका थिए।

दिसानायकेले श्रीलंकाप्रति देखाएको ‘गहिरो व्यक्तिगत मित्रता’ सम्मानस्वरूप उनलाई देशको सर्वोच्च नागरिक सम्मान प्रदान गरेका छन्। मोदीको यो भ्रमणलाई यस क्षेत्रमा चीनको बढ्दो प्रभावको सामना गर्ने रणनीतिक कदमका रूपमा हेरिएको छ।

‘हामी विश्वास गर्छौँ कि हाम्रो सुरक्षा हित एक–अर्कासँग जोडिएको छ,’ प्रधानमन्त्री मोदीले शनिबार भनेका थिए, ‘हाम्रो सुरक्षा अन्योन्याश्रित र अन्तरसम्बन्धित छ।’

दिसानायकेले आफूले मोदीलाई ‘भारतको सुरक्षालाई कमजोर पार्न कसैले पनि श्रीलंकाली भूमि प्रयोग गर्न नदिने’ आश्वासन दिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

छुटाउनुभयो की ?