मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ माघ २३ बुधबार
  • Wednesday, 05 February, 2025
२o८१ माघ २३ बुधबार o९:१६:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

प्रेस चौतारी उदयपुरमा अधिकारीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ माघ २३ बुधबार o९:१६:oo

श्रमजीवी पत्रकारहरूको संगठन प्रेस चौतारी उदयपुर शाखाको अध्यक्षमा अन्जनीकुमार अधिकारी सर्वसम्मत चयन भएका छन् । प्रेस चौतारी शाखा उदयपुरको मंगलबारको २७औँ स्थापना दिवसको अवसरमा आयोजित आठौँ जिल्ला अधिवेशनले अधिकारीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो ।

अधिकारी यसअघि चौतारी उदयपुरका सचिव थिए । नवनिर्वाचित अध्यक्ष अधिकारीका अनुसार नयाँ कार्यसमितिमा उपाध्यक्षमा राजु मगर र रञ्जु दनुवार चयन भएका छन् । यसैगरी, सचिवमा सन्तोष रौनियार, सहसचिवमा सिंह राई र जयराम पूर्वाछाने मगर र कोषाध्यक्षमा हिरा राई सर्वसम्मत चयन भएका छन् । 

यसैगरी, सदस्यहरूमा सुजता सुवेदी, लोकमान तामाङ, कुमोद बस्नेत, अरुन कोयु राई चयन भएका छन् भने जिल्ला कार्यसमिति सदस्य दुईजना पछि थप्ने गरी नयाँ कार्यसमिति चयन भएको अध्यक्ष अधिकारीको भनाइ छ । 

जिल्ला अधिवेशनले चौतारीको केन्द्रीय महाधिवेशनको लागि केन्द्रीय प्रतिनिधिसमेत चयन गरेकाे छ । केन्द्रीय प्रतिनिधिमा बन्दना दनुवार, कुशलबाबु बस्नेत, भरतबहादुर खड्का र गणेश उप्रेती चयन भएका छन् । यता प्रदेश प्रतिनिधिमा पुरुषोत्तम सापकोटा, करुणा कार्की, ईश्वर तामाङ, ढकबहादुर राउत र दुर्गा एसके चयन भएको नवनिर्वाचित अध्यक्ष अधिकारीले जानकारी दिए ।